वैशाख १ मा बाबुरामको नयाँ पार्टी आउने/प्रचण्डले २७ अर्ब भ्रष्टाचार गरेको आरोप

प्रचण्डले २७ अर्ब भ्रष्टाचार गरेको आरोप
सिन्धुली : एमाओवादीबाट छुट्टिएका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियानले आगामी बैशाख १ गते नयाँ पार्टीको घोषणा गर्ने भएको छ ।


सोमबार बिहान सिन्धुलीमाढीमा उक्त अभियानका अभियान्ता तथा डाक्टर भट्टराई निकट नेता गंगानारायण श्रेष्ठले नयाँ वर्षको अवसर पारेर नयाँ शक्तिको नयाँ पार्टी घोषणा गर्ने बताएका हुन् ।

‘अबको केही दिनमै केन्द्रमा सचिवालयको गठन गरिनेछ’, स्थानीय कार्यकर्तासँगको भेटघाटका क्रममा श्रेष्ठले भने, ‘आगामी बैशाख १ गते नयाँ नेतृत्व सहितको नयाँ पार्टी घोषाणा गरिने छ ।’

पचहत्तरै जिल्लाको स्थानीय तहदेखि केन्द्रीय संरचनासहितको पार्टीको घोषणा हुने उनको भनाइ छ । श्रेष्ठले नयाँ शक्ति पार्टीको नाम भने के हुने भन्ने विषयमा खुलाएका छैनन् ।

कम्युनिष्ट या कांग्रेस भन्ने शब्द नयाँ शक्तिको पार्टीमा नरहने प्रष्ट पार्दै परिर्वतन र समृद्धिका लागि सबै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी जनताबाटै आएको सुझावका आधारमा पार्टीको नाम समावेश गर्ने श्रेष्ठले जनाए ।

नयाँ शक्ति पार्टीमा पूर्व माओवादीहरु, माओवादी समर्थक, सामाजिक क्षेत्रका विशिष्ठ व्यक्ती, कर्मचारी, बुद्धिजीवि लगायतको सहभागिता रहने पनि श्रेष्ठले उल्लेख गरे ।

नयाँ पार्टीमा झण्डै दुई करोड नेपालीको आवद्धता रहने पनि श्रेष्ठको दाबी छ । उनले भने, ‘समृद्ध समाज, आर्थिक र सामाजिक विकास लागि निर्माण हुने नयाँ पार्टीमा झण्डै दुई करोड नेपालीको समर्थन र संलग्नता हुने छ ।’

श्रेष्ठले पार्टीको नेतृत्वमा एक व्यक्ति एक पदको अवधारणा अनुसार चयन हुने बताए । ‘नयाँ शक्तिको बलमा निर्माण हुने पार्टीको नेतृत्व प्रतक्ष निर्वाचित र प्रजातन्त्रीक पद्धतीको हुने छ,’ श्रेष्ठले भने, ‘एक व्यक्ति एक पदमा मात्र बस्न पाउने छ । उसको कार्यअवधिमा बढीमा दुई कार्यकाल रहने छ ।’

पार्टीको अध्यक्ष सबै जिल्लाबाट नयाँ शक्तिमा आबद्ध हुनेहरुबाट निर्वाचन गरेर चयन गरीने भन्दै उनले भ्रष्ट, नैतिक पतन भएका र राष्ट्रघातीहरुले भने पार्टीमा प्रवेश गर्ने कुनै अवसर नपाउने बताए ।

श्रेष्ठले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका संस्थागत उपलब्धीलाई जोगाउँदै अव आर्थीक क्रान्तीका लागि नयाँ पार्टीको आवश्यकता भएको पनि प्रष्ट पारे ।

नयाँ पार्टीले राजनीतिक परिवर्तनका लागि भन्दा पनि समृद्ध समाज निर्माणका लागि आर्थीक विकास सहितको राजनीति गर्ने जनाइएको छ ।

नयाँ पार्टीको निर्माणसंगै रोजगारका लागि दिनदिनै विदेशीने सबै युवालाई उत्पादनमुलक क्षेत्रमा लगाइने योजना बनाएको उनले जनाए । पार्टीमा अबद्धहरुले केन्द्रीय तहदेखी स्थानीय तहसम्म उत्पादनमुलक कार्य गर्ने र वेरोजगारहरुलाई रोजगारदिँदै सम्मृद्धीतर्फ अग्रसर पार्ने बताइएको छ ।

पार्टीको नीतिका आधारमा उत्पादन सिल क्षेत्रलाई विकसित गर्दै आगामी २५ वर्षभित्रमा देशलाईनै विकसीत गर्दै लैजाने श्रेष्ठले जनाए ।

‘यसका लागि आगामी पाँच वर्षभित्रमा योजना बनाउने १५ वर्षसम्म कार्यान्वयन गर्ने र बाँकी दश वर्ष अर्थात २५ वर्षभित्रमा नेपाललाई मध्यम विकसीत राष्ट्रको रुपमा रुपान्तरण गरिने छ,’ उनले भने ।

एमाओवादी छाड्नु परेको एक प्रसंगलाई कोट्याउँदै श्रेष्ठले प्रचण्डको नेतृत्व मोह र पार्टी नेतृत्वमा भ्रष्टाचार मौलाउँदै गएपछि आफुहरु गनाएको सिनोलाई पन्छाउन नसक्दा आफै पन्छनु परेको तर्क गरे ।

उनले भने, ‘हामीले एमाओवादीलाई सुधार्न धेरै पटक अर्जाप्नने कोसीस गर्यौं‍, तर, सम्भावना भएन विकल्पमा हामीहरु अर्कै नयाँ खुकुरी बनाएर दंगदंग गनाएको सिनोलाई फ्याक्न लागि परेका हौं ।’

उनले एनसेल बाट लिएको २० अर्व र पुर्व लडाकुको सात अर्व रुपैयाँमा अध्यक्ष पैचण्डले पारदर्शिता गर्न नसक्नुनै पार्टी भित्र द्धन्द्धको मुख्य कारण भएको खुलसा गरे ।

कसले उक्त रकम लिएको भन्ने विषयमा भने नाम नखुलाई श्रेष्ठले २७ अर्व रुपैयाँको दुरुपयोगका विषयमा छानविन गर्न पार्टी भित्र आयोग गठन गरेको भएपनि अध्यक्ष प्रचण्डले त्यसको कुनैपनि जानकारी दिन नमानेपछि आफुहरुको सैद्धान्तिक अुहमति बढेको बताए ।

उनले पार्टीको नेतृत्व सत्तामा पुगेपछि भ्रष्ट बन्दै गएपछि  अपराधको साक्षी नबन्ने निर्णय गर्दै डाक्टर भट्टराइको नेतृत्वमा पार्टीबाट अलग भएको उनको भनाइ थियो ।

श्रेष्ठले नयाँ शक्तिको पार्टीको नेतृत्वपंक्तिको हरेक वर्ष सम्पत्ति सार्वजनीक गर्ने र जनताबाट पारदर्शिता हुने कुरालाई विधि बनाउने भन्दै प्रचण्डजस्तो भ्रष्ट नेता नबनाउने भन्दै प्रचण्डमाथि अरोप लगाए ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget