भारतमा एकै पटक आतंकवादी हमला र शक्तिशाली भूकम्प किन ? कसको श्राप लाग्यो ?

काठमाडौं, २० पुस । अहिले भारत प्राकृतिक प्रकोप र मानवीय आतंकवादी आक्रमणको सिकार बनेको छ ।
दुबै प्रकोपले एक साथ भारतलाई आफ्नो सिकार बनाएका छन् । सन्दर्भः आज विहान गएको शक्तिशाली भूकम्प र शनिबारदेखि जारी आतंकवादी हमला र भीडन्तको हो ।
भारतको शनिबार पञ्जाबस्थित पठानकोठ एक एयरफोर्स शिविरमा आतंकवादी हमला भएको थियो जून अहिले पनि जारी छ । दुबैतर्फबाट दोहोरो भीडन्त जारी छ । घटनामा ७ जनाको मृत्यु भइसकेको छ । जसमा चार जना भारतीय सेनाका अधिकारी परेका छन् । उनीहरुमध्ये एक जना सिनियर अधिकारी रहेका छन् ।
यो हमलाले भारतभरी त्रासको अवस्था सिर्जना भएको छ । यसका साथै बेला बेला आतंकवादी संगठन इश्लामिक स्टेटले पनि बम हमला गर्ने धम्की दिँदै आएको छ । जसका कारण पनि भारतका जनता थप त्रसित भएका छन् ।
यसैगरी सोमबार विहानै भारतमा ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । जसमा परेर १० जना भन्दा बढीको मृत्यु भइसकेको छ । सयौं घाइते छन् । सयौं भौतिक संरचना ध्वस्त भएका छन् । यी दुबै प्रकोपको सिकार भएको भारतमाथि नेपाली जनताले विभिन्न खाले टिप्पणीहरु गरेका छन् ।
धेरैले भारतलाई पशुपतिनाथको सराप लागेको भनेका छन् । नेपालमा नाकाबन्दी लगाउँदा पाप धुरीबाट कराएको पनि टिप्पणी गरिन् थालिएको छ ।
पत्रकार विश्वमणी सुवेदी लेख्छन्- मोदीलाई पशुपतिको सराप लागेको छ, भूकम्पको दुःख चाहिँ त्यो पापीलाई होइन, निर्दोष भारतीय जनताले भोग्नु परेको छ । यस्तो बेला भूकम्प प्रभावित भारतीय जनताको साथमा तमाम नेपाली जनता छौं, रहनुपर्छ, रहिरहने छौं ।
त्यस्तै अर्का एक पाठक भीम ओली लेख्छन्– नेपालमाथि लगाएको नाकाबन्दी, नेपाली जनताले पाएको दुःख सराप भारत र मोदीलाई लागेको छ । भगवानले अपराधीलाई सजायँ दिएका छन् ।
सुमिना घिमिरे लेख्छिन्– पाप धुरीबाट कराउँछ भन्ने सुनेको थिए । आज महसुस हुँदैछ । भारतले अझै सजायँ पाउँनुपर्छ ।
धेरैले भारतमाथि आक्रोश पोखेर टिप्पणी गरेका छन् ।
भारतले ४ महिनादेखि नेपालमा अघोषित नाकाबन्दी गर्दा भूकम्पपीडितले राहत पाएका छैनन् । जनताले तेल र ग्यास पाएका छैनन् । कष्टकर जीवन विताउन बाध्य छन् । यी कारणले भारतलाई पशुपतिनाथको श्राप लागेकै हो त ? यो कुराको जवाफ पाउन गाह्रो छ । तर, धेरैले यसलाई नै विश्वास गरेका छन् ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget