सर्वेन्द्र खनालको नजर घैंटेदेखि फुटबलरसम्म

काठमाडौं, २१ पुस-
प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल महानगरीय अपराध महाशाखाको प्रमुख भएर असार ३ मा आएपछि उनले नयाँ अपराधको ‘ट्रेन्ड एनालाइसिस’ गर्न थाले।
नयाँ अपराधको पहिचान र अनुसन्धान गर्नुमा खनालको औधी रुचि रहेको उनकै सहकर्मीहरूले बताएका छन्। महानगरीय अपराध महाशाखाको नेतृत्व समालेपछि खनालले हतियार बरामद, गुन्डागर्दी नियन्त्रण र ठूला अपराधमा संलग्न फरार अभियुक्त पक्राउ गर्न थाले।
पछिल्लोपटक गत भदौमा गुन्डागर्दीको आडमा सर्वसाधारण र व्यापारीहरूबाट रकम उठाउँदै आएका ‘घैंटे’ भनेर चिनिएका गुन्डा नाइके कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिए। त्यसपछि गुन्डागर्दीमा संलग्न केहीले आत्मसमर्पण गरे भने केही फरार छन्।
त्यससँगै खनाल नयाँ शैलीको अपराध अनुसन्धानमा लागे र आफ्नो टिमलाई सोहीबमोजिम परिचालन गरे। पछिल्लो समयमा उपत्यकाका तीनवटै जिल्लामा गुन्डागर्दीमा निकै कमी आएको छ।
महाशाखाले स्पेस टाइम नेटवर्क एवं च्यानल नेपालका सञ्चालक जमिम शाहको हत्यामा संलग्न भई फरार रहेका अभियुक्त नेपाल प्रहरीकै पूर्वडीएसपी जगदीश चन्दलाई पक्राउ गर्‍यो। अपराध महाशाखाको खनाल नेतृत्वको टोलीले उपत्यकामा हुने साना र दिनहुँजसो हुने गरेका अपराधको अनुसन्धान र उपत्यकामा हुने अपराधको ‘ट्रेन्ड एनालाइसिस’मा समय खर्चियो। त्यससँगै टोलीले नयाँ र फरक शैलीका अपराध खोज्न थाल्यो।
खनालले राष्ट्रिय गौरवसँग जोडिएको नेपाली फुटबल खेलाडीले राष्ट्र, राष्ट्रियता र खेलप्रेमीमाथि गरेको घातको विषयलाई अनुसन्धानको दायरामा ल्याए। प्रतिस्पर्धी टिमबाट चर्को रकम असुलेर फुटबल खेल हार्न पल्किएका नेपाली फुटबलरहरूलाई पक्राउ गरे।
खनालले तिनै खेलाडीले गरेको म्याच फिक्सिङको मुद्दालाई प्रहरी संगठनकै प्रतिष्ठाको विषय मानेर अनुसन्धान गरे। म्याच फिक्सिङको मुद्दा अनुसन्धान गर्न थालेपछि खेलप्रेमी जोकोहीले खनालले गर्दै गरेको अनुसन्धानप्रति चासो राख्न थाले।
आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget