दुई तिर जागिर खान भ्याउने अख्तियारकै आयुक्त सावित्रीलाई सर्वोच्चले माग्यो कारण देखाउ आदेश,

काठमाडौँ, १६ पुस । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सावित्री थापा गुरुङलाई रत्नराज्यलक्ष्मी क्याम्पसको सहप्राध्यापकबाट राजीनामा नदिनाको कारण पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले गुरुङले सहप्राध्यापकबाट नदिनाका कारण १५ दिनभित्र पेस गर्न आदेश दिएको हो । गुरुङविरुद्ध संवैधानिक एवम् कानुनी व्यवस्थाको उल्लङ्घन हुने गरी एकै समयमा दुई सरकारी निकायमा बहाल हुनु कानुन विपरीत रहेको भन्दै यही पुस १६ गते वीरप्रसाद श्रेष्ठका तर्फबाट अधिवक्ता रमेश काफ्लेले अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।


गुरुङ हाल पनि त्रिवि, रत्नराज्यलक्ष्मी क्याम्पसमा सहप्राध्यापकका रुपमा काम गर्दै आएको र आयोगमा पनि आयुक्त हुनु कानुन विपरीत भएको रिट निवेदनमा उल्लेख थियो । संविधानको धारा २३८ को उपदफा ८ मा प्रमुख आयुक्त वा आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन भनी उल्लेख छ ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget