अज्ञात समूहद्धारा सोमबार साँझ सप्तरीमा गोली हानेर प्रहरी असईको हत्या

काठमाडौँ, २० पुस– सोमबार साँझ ६ बजेतिर सप्तरीमा प्रहरी असईको हत्या भएको छ ।

सप्तरीको झटुकी प्रहरी चौकीका इन्चार्ज रहेका असई रमेश सुब्बा अज्ञात समूहले गोली हानेर हत्या गरेको हो। गस्तीमा निस्किएको बेला प्रहरी चौकी नजिकै गोली प्रहार भएको थियो ।

छातीमा २ गोली लागेका उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ।

प्रहरीका अनुसार गोली हान्ने ब्यक्तिको खाृेजी भइरहेको र थप अनुसन्धान भइरहेको छ ।
Photo: ujyaaloonline.com
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget