१०९ वर्षकी महिलाले खोलिन् लामो उमेरको चकित पार्ने रहस्य !

स्कटल्याण्ड, फागुन १३ – स्कटल्याण्डमा बस्ने जेसी गेलेन १०९ वर्षकी मात्र नभई यो उमेर सँगै उनी यो देशको सबैभन्दा पाकी महिला हुन् । जेसीले भर्खरै आफ्नो १०९ औँ जन्मदिन मनाएकी छिन् । यो मौकामा उनले आफ्नो लामो उमेरको रहस्य खोलेकी छिन् जसले सबैलाई अचम्मित बनाएको छ ।


 पुरुषबाट रहनुस् टाढाः

१०९ वर्षकी जेसीले आफ्नो लामो उमेरको रहस्य थोरै व्यायाम गर्नु र खिचडी खानु बताएकी छिन् । यसका साथै उनले पुरुषहरुबाट टाढा रहँदा पनि लामो उमेर बाँच्न सकिने बताएकी छिन् जुन आफैँमा अचम्मको कुरा हो । जेसीले आफू पुरुषहरुबाट धेरैजसो टाढा भएकोले लामो समयसम्म बाँच्न सफल भएको बताइन् ।

जेसीका अनुसार उनी जन्मजात नै महिलाहरुसँग धेरै समय बिताउने प्रकृतिकी थिइन् । विवाह भएको केहि समयपश्चात् नै सन् १९३१ मा उनको श्रीमानको मृत्यु भएको थियो । उनको दिमागमा दोस्रो विवाह गर्ने सोच कहिले पनि नआएको उनले बताइन् । पछिल्लो ८३ वर्षदेखि उनी एक्लै बस्दै आएकी छिन् अर्थात पुरुषहरुबाट टाढा रहेकी छिन् । उनले लामो उमेर पाउने सबैभन्दा ठूलो रहस्य पुरुषबाट टाढा रहनुपर्ने उनले बताइन् । (एजेन्सी)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget