झोलाबाट झिकेर यौनाङ्ग छोपेपछि माफी मागिन्…(भिडियोसहित)

काठमाडौं– कहिलेकाहिँ होस् नपुर्याइकन काम गरेपछि कस्तो दुख पाइन्छ भने नायिका शुभेच्छा थापाको पीडाबाट थाहा हुन्छ । कतैबाट सम्मानित भएर सुटिङ स्थलमा पुगेकी थिइन् । फोटो सुटको क्रममा आफूलाईं अर्धनग्न कसरी बनाउने सोचेर झोलामा रहेको खादा झिकेर गोप्य अंग छोपेर फोटो सुट गरेपछि उनी विवदामा तानिएकी हुन् ।

खादाको विषयमा विवादमा तानिएकी थापाले माफी मागेकी छन् । विन्दास ३ को लागि फोटो सेसनको क्रममा खादालाई यौनांग छोप्ने साधन बनाएको भन्दै चर्को आलोचना भएपछि थापाले युटूबमार्फत माफी मागेकी हुन् ।

माफी माग्दै थापाले भनिन्, ‘मलाई यति ठूलो रुप लिन्छ भनेर लागेकै थिएन । विन्दास ३ को टिमकै कन्सेप्टबाट फोटो खिचेका हौं । कुनै धर्म सम्प्रादाय वा समुदायमाथि आँच आउने हेतुले यस्तो गरेको होइन ।’


भविष्यमा यस्तो गल्ती नहुने समेत उनले बताएकी छन् । नौलोपन देखाउन खोज्दा यस्तो समस्या भएको र यस्तो प्रतिक्रिया आउँछ भनेर आफूहरुले परिकल्पना समेत नगरेको उनले बताइन् ।

खादाको दुरुपयोगको बारेमा वौद्ध सम्प्रादयले कडा आलोचना गरेका छन् । सार्वजनिक माफी र प्रचलीत कानून वमोजिम कार्वाही हुनुपर्ने वौद्धमार्गीको माग छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget