लावारिस अवस्थामा जंगलमा एक महिलाको शव फेला

परासी, माघ २२– नवलपरासीको बर्दघाट–४ स्थित पुर्वपश्चिम लोकमार्गदेखि ४० फिट तल दाउन्नेदेवी जंगलमा एक महिलाको शव फेला परेको छ । जंगलमा लावारिस अवस्थामा शव फेला फेला परेको स्थानियद्धारा जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले शव पोस्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पतालमा लगिएको छ ।
जंगलमा लावारिस अवस्थामा फेला परेको शवको सनाखत अझै हुन सकेको छैन् तर, शवको पहिचानका लागि प्रहरीले महिलाको हुलियाका बारेमा जानकारी गराउँदै मलिलाले अकाशे निलो कुर्ता, पंहिलो रातो बुटेदार सुरवाल, दुबै हातमा काँचकोे चुरा, ५ फिट उचाई, मंगोलियन अनुहार अन्दाजी ३०–३५ वर्षकी महिला रहेको जानकारी दिएको छ ।
घाँटीमा लोमो डोरीसहित फेला परेको महिलाको कतैबाट हत्या गरि ल्याएर जंगलमा फालिएको प्रहरीको अनुमान छ । वास्तविक घटनाको पहिचानका लागि महिलाको हत्या कसरी र कसले गरयो भन्ने घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget