खुट्टा लामो बनाउन आफ्नै खुट्टा भाँच्दै



काठमाडौं, माघ २८ – पछिल्लो समय कस्मेटिक सर्जरीमा खुट्टा लामो बनाउने अपरेसन लोकप्रिय बन्दै गएको छ । मानिसको उचाई २ देखि ३ इन्च सम्म बढाउने यो अपरेसन विशेष गरेर होँचो कद भएका मानिसहरुलाई बरदानै साबित भएको छ । यद्यपि, यो अपरेसन सजिलो भने छैन । यसका लागि खर्च त धेरै लाग्छ नै यसबाहेक यो अपरेसन गर्न पहिले आफ्नै खुट्टा भाँच्नुपर्ने हुन्छ ।

यो अपरेसन पहिले होँचो कद भएका मानिस र बालबालिकाका लागि सुरुवात गरिए पनि अहिले सामान्य कद भएका मानिसहरु भने आफूहरुलाई सुन्दर बनाउन यो कस्मेटिक अपरेसन गर्न ललायित देखिएका छन् ।

यस अपरेसनको प्रक्रिया पनि लामो र पीडादायी छ । डाक्टरले पहिले बिरामीको तिघ्राको हड्डी भाँच्छन् र त्यसमा टेलेस्कोपिक रड फिट गर्छन् । केही समयपछि हड्डी बिस्तारै ठीक हुन्छ तर यसबीच रडले हरेक दिन हड्डीको लम्बाई १ मिलिमिटरले बढाइरहेको छ । हड्डी तन्केको भागमा नयाँ हड््डी, नसा र छालाहरु पनि सँगसँगै विकास हुन्छ । यो प्रक्रिया पूरा हुन कम्तिमा ३ महिना लाग्छ र यो सकिँदासम्म बिरामीको उचाईं २ देखि ३ इन्चसम्म बढेको हुन्छ । यो प्रक्रियाको अन्त्यपछि बिरामीले पूर्ण रुपमा ठीक हुनका लागि केही महिना फिजियो थेरापी समेत गर्नुपर्छ ।
अमेरिकाको फ्लोरिडा सहरका हाडजोर्नीसम्बन्धी डाक्टर ड्रोर पालेले सन् २०१२ भित्र नै यस्ता ६५० सर्जरी गरिसकेका थिए । त्यति बेला यो अपरेसन उचाईं कम हुनेहरुले गर्ने गरेको उनी बताउँछन् । ‘यो अपरेसन गरेपछि आफ्नो उचाईंको कारण तनावमा हुनेहरुले ठूलो राहत महसुस गरेका छन् । जहिले दुःखी र चिन्तित रहने उनीहरु आज भने खुसी छन्,’ उनले भने ।

उदाहरणका लागि अमेरिकाकै न्युजर्सीका आकाश शुक्लाको उचाईं ४ फुट ११ इन्च मात्र थियो तर अपरेसनपछि उनको उचाईं ५ फुट २ इन्च पुग्यो । अमेरिकामा ८५ हजार डलर पर्ने यो अपरेसनको भारतमा भने केही सस्तो छ । भारतका हाडजोर्नीसम्बन्धी डाक्टर अमर सारिनका अनुसार पछिल्ला यतिबेला त्यहाँ अमेरिका, युरोप र चीनदेखिका मानिसहरु त्यहाँ उचाईं बढाउने अपरेसन गर्न आउँछन् । ‘मैले गर्ने हरेक ३ अपरेसनमा २ जना भारतीय हुन्छन्,’ उनले भने ।
रसियाबाट यसबारे शिक्षा हासिल गरेका सारिनले सन् १९९६ पछि ३ हजारभन्दा बढी यस्ता अपरेसन गरिसकेका छन् । यसमध्ये केवल सुन्दर देखिनका लागि गरिएका अपरेसन पनि उल्लेखनिय रहेको उनी बताउँछन् ।
यद्यपि, डाक्टरहरु अझै पनि अतिआवश्यक नभएसम्म यस्ता अपरेसन नगर्न सुझाव दिन्छन् । नयाँ दिल्लीका डा. मनिस धवन भन्छन्, ‘म सुन्दर देखिनैका लागि अपरेसन गर्न लागिएको हो भने नगर्ने सल्लाह दिन्छु । किनभने यसका कयौं अप्ठ्याराहरु हुन्छन् ।’
सन् २००६ मा इन्टरनेसनल अर्थोपेडिक्सको एक अध्ययनले यस अपरेसनमा नशा खराब हुने, दुईवटा खुट्टामा एकै प्रकारले उचाईं नबढ्ने र प्यारालाइसिस सम्मको समस्याहरु देखिने बताएको थियो । यही भएर ५ फुट ९ इन्च भन्दा माथि उचाई भएकाहरुलाई यो अपरेसन गर्न दिइँदैन ।

यो अपरेसन चीनमा पनि त्यतिकै लोकप्रिय छ । चीनकी कोङ जीम वेनले सन् २००३ मा ८ हजार डलर खर्च गरेर अपरेसन गरिन् । ‘केही पीडा त हुन्छ तर अग्लो देखिनका लागि त्यति दुःख सहन तयार छु,’ उनले भनिन्, ‘अब मैले जीवनमा राम्रो काम र पति पाउने सम्भावना बढेको छ ।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget