एमाओवादीको संविधानसभामा नफर्कने निर्णय

२० माघ, काठमाडौं ।

एमाओवादीसहित विपक्षी मोर्चाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नियम र परम्परा मिचेर एकलौटी बैठक बोलाएको आरोप लगाउँदै त्यसमा सहभागी हुनुको अर्थ नभएको बताएको छ । उसले फागुन १६ सम्म आन्दोलन तय गरिसकेको उल्लेख गर्दै संविधानसभामा सुरु भएको प्रक्रिया नरोकेसम्म नर्फकने जनाएको छ ।





एमाओवादी वरिष्ठ नेता एवं संवाद समितिका सभापति बाबुराम भट्टराईले एकलौटी ढंगले समाध्यक्षले बोलाएको बैठकमा सहभागी नहुने बताए । 'सभाध्यक्षले नियम, परम्परा मिचेर बोलाएको बैठकमा सहभागी हुनुको कुनै अर्थ हुँदैन,' उनले भने, 'हामी फागुन १६ गतेसम्म जनतामाझ जान्छौं, जनताको राय सुझावअनुसार अघि बढ्छौं ।' उनले सत्तापक्षले संविधानसभा अपहरण गरेको आरोप लगाए । 'सभाध्यक्षले संविधानसभाको प्राण लिइसकेका छन्, विपक्षी बिनाको बैठक बोलाएर नाटक गर्नुको अर्थ छैन,' उनले भने, 'हामी जनताको बलिदानबाट प्राप्त उपलब्धिका लागि आन्दोलनमा गएका हौं । जनताको अधिकार अपहरण गर्न दिँदैनौं ।'

संविधानसभा जोगाउन आन्दोलनमा जानुपरेको उल्लेख गर्दै प्रक्रिया रोकेर विगतमा सहमति र सम्झौताअनुसार संविधान निर्माणमा प्रतिबद्धता जनाएमात्र वार्ता हुन सक्ने उनले बताए । 'संविधानसभामा प्रक्रिया रोकेर सहमतिका आधारमा सहमति बन्ने ग्यारेन्टी नभएसम्म हामी संविधानसभामा र्फकने कुरा हुँदैन,' उनले भने, 'त्यसबेलासम्म हामी जनतामाझ हुन्छौं ।'

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले हाल संविधानसभा र त्यसका कुनै पनि अंगमा सहभागी नहुने बताए । 'पेलेर संविधान बनाउन खोजिँदै छ, हामी सशक्त सडक आन्दोलनमा जान्छौं,' उनले भने, 'हाम्रो असहयोग आन्दोलन जारी रहन्छ ।' आजको कान्तिपुरमा खबर छ ।

यसैबीच एमाओवादीले पूर्वी, मध्य र पश्चिम कमान्डको बैठक गरी आन्दोलनका तयारीका लागि सबै नेतालाई जिल्ला पठाएको छ । पूर्वी कमान्ड उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पश्चिम नेता बाबुराम भट्टराई र मध्य कमान्ड अध्यक्ष पुष्पकमल दाहालले सम्हालेका छन् । तीन क्षेत्रमा प्रशिक्षण, सभा, अन्तक्रिर्या गर्ने तय भएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget