जब मान्छेलाई खसि झैँ गिडियो

काठमाडौं: इस्लामिक राज्यको लागि लड्दै आएको आतकंकारी समुह आइएसएसले एक व्यक्तिको खसिलाई झैँ गिडेर हत्या गरेको छ ।  अन्तराष्ट्रिय संचार माध्यमले सोमबार फोटो सहितको समाचार सार्बजनिक गर्दै आइएसएसको अर्को क्रुरता बाहिर ल्याएका छन् ।

सिरियामा एक वृद्धलाई जादुटुना चलाई इस्लाम धर्म विपरित काम गरेको भन्दै ती व्यक्तिको निर्ममतापुर्वक हत्या गरिएको हो । सार्वजनिक केहि तस्बिरहरुमा आइएसएसले परिचय खुल्न नसकेका ती व्यक्तिलाई आँखामा कालो पट्टी बाँधेर अचानोमा राखी गिड्न लागेको देखाइएको छ ।



उनलाई सयौँ सर्वसाधारणको विचमा हत्या गरिएको थियो । सो आतंकाकारी समुहले यस अघि जोर्डनका सैनिक विमान चालक माज अल कासासबेहलाई जिउँदै जलाएर मारेको थियो । त्यसैगरी एक पत्रकार सहित दुई जना जापानी नागरिकको पनि टाउको काटेर सोही समुहले हत्या गरिसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget