प्रचण्डले अरुलाई मिनिमाइज गर्छन्ः माधव नेपाल

२७ माघ, बुटवल ।


पूर्व प्रधानमन्त्री एवं एमालेका नेता माधवकुमार नेपालले एओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सीमित भूमिका दिनु पर्ने बताएका छन् । बुटवल पुगेका नेता नेपालले रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा पर्ने पर्यटकीय नुवाकोट डाँडाँको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।



अहिलेको लडाइँ जुँगाको लडाइँ भएकाले एक पक्षले जुँगा खौरेपछि मात्र ठिक हुने भन्दै नेपालले ब्यङ्ग गरे ।

प्रचण्डलाई दिल्लीबाट नेपाल ल्याउन र १२ बुँदे सहमति गर्न आफुले नै भुमिका खेलेको स्मरण गराउँदै नेता नेपालले समयमै अरुको भुमिका मिनिमाईज गर्ने बानी रहेको समेत टिप्पणी गरेका छन् ।

संविधान जारी गर्नका लागि काँग्रेसले फागुन ७, कसैले जेठ १४ त कसैले बैशाख १ गतेको प्रस्ताव गरिरहेको खुलासा गर्दै उनले वर्तमान परिस्थिती बारे प्रचण्डसँग आफूले निरन्तर संवाद गरिरहेको पनि जानकारी दिए ।

प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको लागि आह्वान गरेको पत्र बारे जिज्ञासा राख्दा नेता नेपालले अनावश्यक सानो- सानो कू्रालाई अनावश्यक इस्यु बनाउन नहुने प्रतिक्रिया दिए ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget