आज मिति २०७१ साल माघ २४ गते शनिबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  :

प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। आम्दानी बढ्नेछ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ राम्रै फाइदाको योग छ। अधिकारका लागि भने केही संघर्ष वा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  :

सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  :

मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा अप्ठ्यारो पर्ला। अलि प्रयत्नले सामान्य फाइदा लिन सकिएला। तर अनावश्यक शंका जाग्ने र आत्मीय सम्बन्धमा कमी आउने योग छ। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनको किनबेचमा पनि सामान्य मात्र फाइदा हुनेछ।


कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :

आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नुपर्ला। तापनि, नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन र सञ्चय समेत गर्ने मौका छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। विभिन्न अवसर पाइनेछ। तर, आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :

सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। काममा मौका पाइने समय छ। तर, सोचेको समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। निर्णायक क्षमतामा कमी आउला। हातमा आएको प्रतिफल गुम्न सक्छ। स्वास्थ्यका लागि पनि खानपानमा सचेत रहनुपर्ने बेला छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  :

अवसरका लागि ठूलै प्रयत्न र लगानी गर्नुपर्ने समय छ। तापनि, चुनौतीका बाबजुद केही काम काम बन्न सक्छ। फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ। केही मात्रामा खर्च बढ्नेछ। र शारीरिक थकान वा आलस्य जाग्नेछ। छर–छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। समय उत्साहवद्र्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्त फाइदा हुने योग छ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट लाभ हुनेछ। प्रशस्त धन संग्रह गर्ने समय छ।


धनु (ये, यो, भा, भि,
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। सहयोगको आशा देखाउनेहरूले बीचमा धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। अरूका काममा पनि समय व्यतीत हुनेछ। समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला। अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। मिथ्या भ्रमणमा समय बित्न सक्छ। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। बोलीकै भरमा पनि काम सम्पादन हुनेछन्। प्रशस्तै फाइदा उठाउन सकिनेछ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget