आफ्नै पतिको घाँटी काटि हत्या

सोमबार ९ फेब्रुअरीको दिन टर्कीमा एक महिलाले विकृत यौन कार्य गर्न जबरजस्ती गरेको भन्दै आफ्नै पतिको घाँटी काटि हत्या गरेकी छिन्।

४३ वर्षीय महिला 'गोनुल एस्.' र ६७ वर्षीय पुरुष 'ओस्मान टी.' गत सेप्टेम्बर २०१४ मा टर्की को इस्पार्टा प्रान्तमा भेटेका थिए।

केहि दिनकै घतिष्ठता पछि पुरुषले २-३ महिनामै बिहे गर्ने वाचा पनि गरेको थियो र उनिहरूले साँस्कृतिक मूल्य मान्यता अनुसार नै बिहे पनि गरेका थिए।
तर उनिहरूको यो सम्बन्ध धेरै दिन सुमधुर हुन सकेन, वास्तवमा भन्नु पर्दा २० दिनसम्म मात्रै सीमित हुन पुग्यो। यसरी सम्बन्ध बिग्रिँदै गर्दा आफ्नो पतिले जर्मनी अश्लील चलचित्र हेर्दै उनलाई पनि चलचित्रमा जस्तै विकृत यौन कार्य गर्न दबाव दिएपछि पतिको हत्या गरेको 'गोनुल एस्.' ले स्वीकार गरेकी छिन्।

बयानको क्रममा उनले भनिन्, "ओस्मानले दैनिक जसो यौन सम्पर्क गर्न चाहन्थ्यो र म सँधै उम्किन खोज्थेँ। सँधै जर्मनी अश्लील च्यानल हेरेर मलाई पनि त्यस्तै कार्य गर्न जबरजस्ती गर्ने गर्थ्यो।" यौन कार्य गर्न नमानेपछि उनलाई आफ्नो पतिले हातपात पनि गरेको बयानमा बताइन्।

गोनुलको दोस्रो विवाहबाट भएको एक १२ वर्षीय छोरा पनि छ।

३० जनवरीको रात जब ओस्मानले आफ्नी पत्निलाई कुट्दै गरेको छोराले सुन्यो तब उसले त्यो पुरुषलाई एरीयलले टाउकोमा हानेर भुँइमा लडाएको थियो।

उनले भनिन्, "त्यति बेला ओस्मान होसमा नै थियो र मेरो घाँटी अँठ्याउन लाग्यो। मैले उनलाई फेरि भुँइमा लडाएँ र घाँटीको पछाडिबाट काटेर दुई टुक्रा बनाएँ।"

कानुनी सोधपुछको लागि कुरिरहेको उक्त महिलाले हत्याको पश्चाताप गरेकी छिन्।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget