वि.सं. २०७१ माघ २६ गते सोमबार तदनुसार ई. सं. २०१५ फेब्रुवरी ०९ तारिख, फाल्गुन कृष्ण पञ्चमी....
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन चुनौती र
परीक्षणका रूपमा देखा परेको छ । वादविवाद,
मुद्दामामिला र दैनिक
काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम
तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र
उद्योगधन्दामा फाइदा छ । वैदेशिक
प्रयोजनको वा लामो दूरीको यात्राका लागि
प्रयास हुने सम्भावना छ । आजका लागि शुभअङ्क ५ र
शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमो भगवते
वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानसम्मानमा गिरावट आउने छ । आज मुखमा अलच्छिन
बसेको दिन छ । त्यसैले जोसँग जतिबेला बोले
पनि विचार पुर्याएर बोल्नु होला ।
तपाईंको बौद्धिक चिन्तन
वा विचारकाृ आलोचना हुनेछ ।
पाचनप्रणालीमा गडबडी हुनसक्छ,
खानपानमा सतर्कता अपनाउनु बेस हुनेछ । सहयोगीहरू
टाढिन सक्छन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस
मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिवारभित्रकै सदस्य
वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र
धन खर्च हुने सम्भावना छ । आफूस्वयंलाई
अस्वस्थताको अनुभव हुनेछ, शरीरमा चोटपटकको भय छ ।
खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ,
साँझमा पाचनप्रणालीमा हुने गडबडीले पिरोल्नसक्छ
। जीवनसाथीसित ठाकठुक पर्नसक्छ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे
नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न
हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र
नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ ।
समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ ।
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने
सम्भावना छ । आम्दानीमा कमी आउने छैन ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मान, प्रतिष्ठा र सम्मानमा कमी आउन नदिन प्रयास
गरिने छन् । घुमघाम र भेटघाटका लागि मन लालायित
हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । छरछिमेकी, कुटुम्ब
वा नातागोताको झर्कोलाग्दो काममा संलग्न
हुनुपर्ने छ, तर सरसहयोग गरे
पनि अन्त्यमा असन्तुष्टि बढ्नेछ । आर्थिकरुपमा खासै
उपलब्धी हुनेछैन । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग
ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न भावना र
विचारमा आएको विचलनका कारण मन उत्ताउलो र
निर्णय विहीन बन्नेछ । ताकेबमोजिम काम गर्न जाँगर
पलाउँदैन, निराशाको भावना उत्पन्न हुन्छ । आज मन
दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण
उपयोग गर्न सक्नुहुन्न । महत्वपूर्ण
निर्णयमा पुग्नुअघि सोचविचार गर्नु वाञ्छनीय छ ।
आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,
रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ ।
जुवातास र सट्टाबाजीबाट जोगिनुहवस् ।
नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने हुनसक्छ ।
परिवारका कुनै सदस्यको अस्वस्थताका कारण
चिन्तित हुने सम्भावना छ । खर्चको मात्रा बढ्न सक्छ
। आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक
सभासमारोहमा भाग लिनु पर्नेछ ।
पठनपाठनमा प्रगति हुनेछ । राजनैतिक
क्षेत्रको वातावरणले मन परिवर्तन हुन सक्छ ।
खानपिनका परिकार प्राप्त हुने र विशेष
यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु
पर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो ।
व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन ।
आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवन
सामान्य र सन्तोषप्रद रहने छ । अभिभावकवर्ग, गुरुजन र
ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न
हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं
बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ,
आजको दिन भाग्यबल राम्रो छैन । पारमार्थिक
काममा खटिनु पर्नेछ । परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरे पनि अपमान र
अपजसको सम्भावना छ । अशुभ समाचारले मन खिन्न
हुनसक्छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु
उचित हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे
रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज अनावश्यक र झर्को लाग्दो यात्रा हुने
सम्भावना छ । अरुले तपाईंका आन्तरिक
क्रियाकलापको चियोचर्चो गर्नेछन् ।
काममा ढिलासुस्ती हुने योग छ, त्यसैले
सानो कमजोरी वा भूलका कारण अपमानित बन्न
सक्नुहुन्छ । नजिकैको मित्र वा नातेदारले अपमानित
तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग
कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समय राम्रो छ । प्रेममा सफलता प्राप्त हुने योग छ ।
सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै
विजय हुनेछ । नआत्तिकन निर्वाह गर्नुहोला ।
सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै
छोटो दुरीको विशिष्ट र
लाभदायी यात्रा पनि हुन सक्छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment