युवतीमाथि सामूहिक बलात्कार

कञ्चनपुर, फागुन ४
 पुनर्वास नगरपालिकामा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

पुनर्वास नगरपालिका  ५ उध्रीकी २० वर्षीया एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरबहादुर खड्काले दिएको जानकारीअनुसार  गाउँमा विवाह चलिरहेका बेला सात/आठजना युवकको समूहले ती युवतीलाई नजिकैको उखुबारीमा लगेर सामूहिक बलात्कार गरेका हुन्।

पीडित युवतीको अचेत अवस्थामा कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बलात्कारमा संलग्न मुख्य अभियुक्त गोविन्द रानासहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

अाइतबार घटना भएको भएपनि प्रहरीले सोमबार बिहान मात्रै थाहा पाएको थियो । घटनास्थल उखुबारीमा धेरै उखु भाँचिएकाले बलात्कारमा धेरै मानिस संलग्न हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget