नागमणी देखियो, दर्शनार्थिको थामि नसक्नु भिड

४ माघ, म्याग्दी ।
महा शिवरात्रीको संघारमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दु धर्मालम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालिग्राम, शङ्खचक्र, नागमणि देखिएको छ । नागमणि सहित शिवललिंग र शालिग्राम देखिन थालेपछि दर्शन र हेर्नका लागि दर्शनार्थिहरुको भिड लाग्न थालेको छ ।

मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायत हिन्दु धर्मशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले जानकारी दिएका छन् ।

मन्दिर परिसरमा रहेको विशाल चट्टानमा दैवी शक्तिका प्रतीकहरु देखिन थालेका छन् । सबैको आकार धर्मशास्त्रमा नामाकारण गरेजस्तै छन् केसीले भने । विकास कोषले संरक्षणका लागि रङ्ग लगाउनुका साथै आसपासका क्षेत्रमा खोजी कार्यसमेत सुरु गरेको छ ।

मन्दिरमा पूजाआजा गर्न जाने भक्तजनले त्यहाँ गएर पूजा गर्न थालेका छन् । पुजारीका अनुसार आकार दिनप्रतिदिन बढ्दै जान थालेपछि अवलोकन गर्न आउने अचम्मित हुने गरेका छन् । त्यसक्षेत्रमा करिब ३० भन्दा बढी यस्ता चक्र रहेको अनुमान गरिएको छ ।

गत हप्ता गलेश्वर भ्रमणमा आउनु भएका उपराष्ट्रपति परमानन्द झाले समेत आश्चर्य प्रकट गर्दै संरक्षणमा सक्रियता देखाउन कोषलाई अनुरोध गरेका थिए । विश्वमै सबैभन्दा ठूलो चट्टानको दाबी गरिएको गलेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहलसमेत भइरहेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget