महिनावारी बन्द भइसकेका महिलामा जवानी फर्काउने औषधि

एजेन्सी । सामान्यतः महिनावारी बन्द भइसकेका महिलालाई यौनक्रियामा पीडा हुन्छ । तर, यस्ता महिलाका लागि यौनांगमा लगाउने यस्तो औषधि बनाइएको छ, जसको प्रयोगले यौनक्रियाबाट उनीहरुले जवानीमा जस्तै सन्तुष्टि लिन सक्नेछन् । वृद्ध महिलालाई यौन सन्तुष्टिका लागि टिएक्स–००४–एचआर नामको नरम जेल बनाइएको छ ।

१४ दिनसम्म गरिएको एक सोधमा ४० देखि ७५ वर्ष उमेरका महिलालाई सहभागी गरिएको थियो ।
सोधमा संलग्न ६३ प्रतिशत महिलालाई यौनक्रियादेखि सन्तुष्टिमै वृद्धि भयो । तर, औषधि प्रयोग गर्ने ४८ प्रतिशत महिलामा भने कुनै पनि परिवर्तन देखिएन ।


अनुसन्धानकर्ताका अनुसार, यस औषधिले वृद्ध महिलाको शरीरमा एस्ट्रोजेन नामको सेक्स हर्मोन बढाएर सन्तुुष्टि दिनेछ । महिनावारी बन्द भएका वृद्ध महिलाका लागि केही हदसम्म यौनक्रिया बढाउन र दुखाइ कम गर्न औषधि उपयोगी हुनेछ ।

अमेरिकाका क्लिभल्यान्डस्थित युनिभर्सिटी हस्पिटलको केस मेडिकल सेन्टरमा कार्यरत सेरिल किंग्सबर्ग भन्छन्, ‘सामान्यतः महिनावारी बन्द भएका महिलालाई पीडा हुने समस्या हुन्छ । खासमा एस्ट्रोजेनको कमीका कारण दुखाई, यौनक्रियाका बेला असहज  र अन्य समस्या पनि उत्पन्न हुन्छन् ।

किंग्सबर्ग यो औषधिले अमेरिकी सरकारबाट मान्यता पायो भने महिलाका समस्याका लागि नयाँ उपचार साबित हुने बताउँछन् । टेक्सासको अस्टिनमा हालै भएको इन्टरनेसनल सोसाइटी अफ ओमन्स सेक्सुअल हेल्थ (आईएसएसडब्ल्युएसएच)को वार्षिक बैठकमा यो अध्ययन प्रस्तुत गरिएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget