करोडपति बिजेता बने बेरोजगार

मुम्बाई, माघ २३
सोनी टेलिभिजनको चर्चित गेम शो ‘कौन बनेगा करोडपति (केबिसी)’ को पाँचौं सिजनका विजेता सुशील कुमार पाँच करोडको सर्वाधिक पुरस्कार जित्ने पहिलो विजेता थिए । सुशील यतिबेला ‘बेरोजगार’ छन्, केबिसीमा जानुअघि उनीसँग रहेको ६ हजारको जागिर पनि छैन अहिले । ‘अब मसँग केही बाँकी छ भने थोरै पैसा, अनिश्चित करियर र निराशा,’ सुशीलले भने ।
सन् २०११ मा उक्त पुरस्कार जितेका उत्तर विहार एक कम्प्युटर अपरेटर रहेका सुशील कुमार तीन वर्ष नबित्दै त्यति बेलाको चमकधमक सबै सिद्धिएको स्वीकार गर्छन् ।
केबिसी जितेको केही समय उनले केही उत्पादनहरुको प्रचार गर्न पाएका थिए भने ग्रामिण विकास मन्त्रालयको एम्बासेडरसमेत बनेका थिए । तर, यो सबै बितेका कुरा भैसके । आइएएस अफिसर बन्ने सपना बोकेका उनले नयाँ दिल्लीमा प्रशिक्षत लिन पाएनन् भने नयाँ केबिसी प्रतियोगीहरुका लागि उनी प्रेरणाको स्रोत बन्ने गरेकोमा त्यो अध्याय पनि सकिसक्यो ।
गत हप्ता मात्र ‘निराश’ सुशीलले बिहारका पूर्व मुख्यमन्त्री नितिश कुमारलाई भेटेका थिए । उनले सुनीललाई पार्टीको युवा संगठनका सहभागीहरुलाई पटनामा भाषण सुनाउन फकाए पनि त्यहाँबाट राजनीतिक भविश्यको शुरुवात हुने उनले कुनै छाँट पाएनन् ।
सुशीलले पुरस्कारको पाँच करोडमध्येबाट कर कटाएर ३.६ करोड रुपैयाँ हात पारेका थिए । यसबाट उनले धेरै पैसा आफ्नो परिवार बस्ने घर बनाउन खर्च गरे । केही रकम आमाको नाममा मोतिहारीमा जग्गा किन्न र केही खेत किन्न प्रयोग गरे । केही रकम उनले भाईहरुको व्यापार सुरुवात गर्न खर्च गरे ।
यसबाट उनको पत्नी भने खुसी छैनन् । ‘यत्रो पैसाबाट पनि जीवनमा धेरे परिवर्तन नआएकोमा ऊ सन्तुष्ट छैन,’ सुशीलले भने । उनले केही रकम बैंकको फिक्सड डिपोजिटमा राखेका छन् भने चारवटा गाई पालेका छन् । बैंकको ब्याज र गाईको दुध बेचेर केही पैसा कमाउँछन् उनी । ‘तर, त्यतिले मात्र खानलाउन कहाँ पुग्नु ?,’ सुशील भन्छन् । ३२ वर्षीय सुशील अब शिक्षक बन्ने सोँचमा रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget