मेष (चू चे चो ला ली लु ले लो अ)
आत्मनिर्भर हुने सपना सपनामै सीमित हुनेछ । आयस्रोत गुम्ने भय रहने छ । स्वास्थ्य प्रतिकूल रहला साथै स्वास्थ्यमा अधिक लगानी गर्नु पर्ने हुनेछ । मानसिक अशान्ति हुनेछ, काम गर्ने जाँगर मारेर आउने छ । पारिवारिक रुपमा सहयोगको खडेरी लाग्ने छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
तपार्इको सोच र परिस्थिति मिल्न जानेछ । आँटेको काम बन्ने छ । जागीरमा पदोन्नती हुने ग्रह योग रहेको छ । आफन्तको सहयोग हुनेछ साथै पारिवारिक रमझम र लेनदेन आदान प्रदान हुनेछ । गल्तिबाट पाठ सिकेर सच्चिने बेला आएको छ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
परिवारमा भएको विसंगतिको बिरुद्धमा लाग्ने हिम्मत गरिने छ । परीक्षा प्रतियोगिता आदिमा हावी भइने छ । कर्मक्षेत्रमा भएका अनियमितताको सहि मानेमा निकास निकाल्न सफल भइने छ । रमाइलो वातावरणमा कार्य शिद्ध हुनेछन् ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
समय अनुकूल गरेको निर्णयले उच्च प्रतिफल दिनेछ । परिवारमा सबैको आशाको केन्द्रमा रहिने छ । आफ्ना विवादित निर्णयले समस्यामा पर्ने तर्फ भने सजग हुनु पर्नेछ । बोलीको कारण सम्मानित भइने ग्रह योग रहेको छ । साहसिक कार्यमा ध्यान जाने छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
गरेको कामको जस नपाउनु चिन्ताको विषय हुनेछ । श्रमको व्यर्थता र सोचेको काम नबन्ने समय छ । कार्यमा गलत तत्वको हावी हुने हुनाले काम गर्न असहज हुनेछ । आपसी मेलमिलापका कुरामा पनि समस्या आउने योग रहेको छ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
निकै सोचेर गरेको काम अन्त्यमा सफल हुनेछ । आफ्ना राम्रा धारणाबाट समाजमा स्थान पाइने छ । सबैप्रति उत्तरदायी रहने तपार्इको कदमको सबैद्वारा प्रशंसा हुनेछ । आफ्ना दुर्वल पक्ष लुकाउन सफल भइने छ । रमाइला प्रसङ्गमा सहभागी भइने छ ।
तुला (र री रु रे रो ता ती तू ते)
कार्यब्यस्तता सामाजिक कार्यको लागि वाधक बन्ने छ । आफ्ना हित चिन्तक घट्ने छन् । धन सम्पत्तिको कारोवारमा असाध्यै सावधान रहनु पर्ने बेला आएको छ । पैतृक सम्पत्ति सम्बन्धी कारोवार नगरेको बेश हुनेछ । आफ्ना कमजोरी आफ्नै लागि घातक हुनेछन् ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
अरुप्रति ज्यादै उदार बन्नु आफ्ना लागि घातक हुनेछ । सानो गल्तिबाट ठूलो मूल्य चुकाउनु पर्ने देखिएको छ । सामुदायिक काममा लागे प्रतिफल उच्च पाइने छ । वैचारिक कार्यमा तपार्इको जित हुनेछ । विवादित मुद्दा किनारा लाग्ने छन् ।
धनु (य यो भा भी भू ध फा ढ भे)
क्षणिक सुख काट्ने भन्दा पनि दीर्घकालिन सुखका लागि सोच्ने बेला आएको छ । आज गरेको निर्णय तपार्इको लागि निकै महत्व दिनेवाला रहेको छ । गाडी वाहन सुखको प्राप्ति हुने योग रहेको छ । मातृभूमि प्रति केही गर्ने सोच राख्नु स्वागत योग्य हुनेछ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
सानो तिनो कमजोरीका बावजुद आजको दिन राम्रो प्रतिफल दिनेवाला रहेको छ । सामाजिक भेटघाटका कामलाई तिब्रता दिइनेछ । सबैको हितमा लाग्ने प्रेरणा मिल्ने छ । घर छिमेकीको समस्यालार्इ हेरी निर्णय लिनाले तपार्इंको स्वागत हुनेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
आफूले गरेको गुनको बदला धोका पाइने समय रहेको छ, सोचेर मात्र काम गर्नु होला । गलत निर्णय र समय पहिचान गर्न नसक्नु आफ्नो कमजोरी ठहरिने छ । बेला बखत आउने मानसिक अपरिपक्वता तपार्इंको प्रगतिमा वाधक रहने छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
ब्यापार नाफामा जाने छ । बैदेसिक कार्य सफल हुनेछ । रमणीय स्थानको भ्रमण हुने योग रहेको छ । अरुलार्इ गरेको गुनको जस मिल्ने छ । सानो धैर्यताले ठुलो बाधा कट्ने छ । अपरिचित व्यक्तिको सहयोग सल्लाह पाइने जोग रहेको छ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment