चार करोडमै प्रधानसेनापतिसँग वसन्तको सेटिङ

, February 02, 2015
काठमाडौं, माघ १९– राज्यले तय गरेको आर्थिक ऐन अन्य निकायमा जस्ताको तस्तै लागू हुनछ, तर नेपाली सेनामा भने ठीक उल्टो रुपमा लागू हुन्छ भन्दा धेरैलाई पत्यार लाग्दै । तर गत साता भएको एउटा घटनाले यसलाई सत्य साबित गरेको छ ।

जंगी अड्डा प्रमुखको इसारामा काम गर्नुपर्ने बाध्यताका कारण खाद्य तथा परिवहन आपूर्ति बोर्डले प्रधानसेनापति गौरवशमशेर राणाको संकेत बुझेरै सरकारको आर्थिक नियमविपरित सबैभन्दा महंगो बिस्कुट खरिद गर्न सिफारिस गरेर यो कुरा सत्य साबित गरेको हो ।
गत वर्ष दुई करोड रुपैयाँमा यस्तै संकेत दिएर निर्णय गराउन सफल व्यापारीले यसपटक चार करोड रुपैयाँ खर्च गरिएको बुझिएको छ ।
प्रसंग सेनाका लागि आपूर्ति गरिने बिस्कुटकै हो । आगामी वर्षका लागि ५० करोड रुपैयाँको आई इनर्जी बिस्कुट खरिदका लागि सेनाले टेन्डर आह्वान गर्यो । चारवटा कम्पनीले टेन्डरमा भाग लिए । जसमध्ये खजुरी बिस्कुटले १० रुपैयाँ ५० पैसा प्रतिप्याकेट उपलब्ध गराउने सर्त राखेर बोलपत्र पेस गर्यो । सबैभन्दा कम कबोल गर्ने र सबैभन्दा बढि कबोल गर्ने बीचको मुल्यअन्तर ३५ प्रतिशत रहेको छ भने यसका असली मालिक बसन्त चौधरीले बिस्कुट प्रकरणबाट मात्र १३ करोड रुपैयाँ नाफा गर्ने भएका छन् ।आजको तरुण लेख्छ ।
सरकारी राजस्व र कर छलीका लागि बसनतले कागजी रुपमा आफ्ना सप्लार्यस पुष्प पियालाई मालिक बनाएका छन् । चौधरीले १३ करोड रुपैयाँ नाफा हुने भएपछि सेनापति राणालाई चार करोडसम्म सहयोग गर्ने बताएका थिए भने मिडिया मिलाउन केही लाख खर्च गर्ने गरी उनी आफैं जुटेका थिए । बसन्तको हण्डीमा कुन कुन अखबार र पत्रकार प्रयोग हुन्छन्, हेर्न बाँकी नै छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget