मुम्बई । सन्नी लियोन पोर्न फिल्मबाट बलिउडमा भित्रिएकी नायिका हुन् । उनले लामो समय पोर्न फिल्ममा काम गरेकी थिइन् ।
केही समयअघि उनले एक भारतीय अनलाईनलाई दिएको अन्तरवार्तामा आफूलाई विगतप्रति कुनै पश्चाताप नरहेको पनि बताईन् । पछिल्लो समय बलिउडमा जम्दै गरेकी तिनै सन्नीले हालै भने दुधले नुहाएकी छन् ।
तर उनले दूधले नुहाउनुको पछि अन्य कुनै कारण नभई एक फिल्मको सुटिङमा नुहाएकी हुन् । फिल्म ‘एक पहेली लीला’ को एक खास दृश्यमा सन्नीले राजस्थानमा १ सय लिटर दुधले नुहाएकी हुन् ।
अत्यन्त चिसो मौसमका बाबजुद सन्नी लियोनले खुलेर दुधले नुहाएकी थिइन् । पहिले तातोपानी मिसाइएको दूधमा पछि भने चिसोमा नै नुहाएकी हुन् ।
यो सीनलाई दर्शकले रुचाउने फिल्म निर्माताको विश्वास छ । फिल्ममा सन्नी विभिन्न तीनवटा कामुक अवतारमा देखिदैछिन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment