घांटी रेटिएको अवस्थामा होटल व्यवसायीको शव भेटियो

१९ माघ, नवलपरासी ।

नवलपरासीको देउराली २ थुम्कीदेवी सामुदायिक बनमा एक होटल व्यवसायीको मृत्त अवस्थामा शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार धारिलो हतियारले घांटी रेटी हत्या गरि बनमा फालिएको अवस्थामा उनको शव फेला परेको हो ।



 प्रहरीले शवको पहिचान गर्दै जिल्लाको कावासोती २ बस्ने २९ वर्षिय दिपेन्द्र पाण्डेको रहेको जानकारी दिएको छ । पाण्डे विगतका वर्षहरुदेखिनै मनकामना होटल एण्ड रेष्टुरेन्ट संचालन गर्दै आएका थिए ।

शनिवार देखी सम्पर्क विहिन रहेका पाण्डेयको आईतबार जंगलमा शवफेला पारेको प्रहरीले जानकारी दिएको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget