एजेन्सी –पानी पर्नु प्राकृतिक कुरो हो,जुन मानिसको नियन्त्रणमा हुँदैन । तर,पैसा लिएर पानी पर्न नदिने सेवा प्रदान गर्ने एउटा कम्पनी बेलायमतमा स्थापना भएको छ ।
कम्पनीले कुनै निश्चित एरियामा पानी पर्न नदिने सेवा उपलब्ध गराउने जनाएको छ । विशेष गरी बिहेको अवसरमा यस्तो सेवा प्रदान गरिने जनाएको छ । यस्तो अनौठो सेवा उपलब्ध गराउन खुलेको कम्पनीको नाम हो ,ओलिवर ट्रवेल्स । यसका लागि एक लाख पाउन्ड शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
क्लाउड सिडिङ विधिमार्फत पानी र बरफको वर्षा रोक्ने विधिको प्रयोग यसअघि पनि पटकपटक भइसकेको छ । सन् २००८ मा चीनमा आयोजना भएको बेइजिङ ओलम्पिक उद्घाटन समारोहमा पानी नपरोस् भनेर ‘क्लाउड सिडिङ’ विधिमार्फत पानी रोकिएको थियो । यस्तो विधि अपनाउँदा पानी पर्ने अवस्थामा पनि आकाशमा कालो बादल मडारिन्छ मात्रै तर २४ घन्टासम्म पानी भने पर्दैन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment