पैसाका लागि विक्दिनँ : नैनाश्री राना (मोडल)

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन् । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य नदेखेर मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् कतिपयले । तर यतिबेला मोडलिङ् क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एक नव मोडल यसक्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन्, नैनाश्री राना । धरानमा जन्मिएर हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी नैनाले यसक्षेत्रमा मात्र २/३ महिना विताएकी छिन् । यति छोटो समयमा धेरैको धेरैथरी कुरा सुनिसकेकी बताउने नैना भविष्यमा राम्रो कलाकार बन्ने सोंचाइमा छिन् । सानैदेखि अभिनयको सोख चढेको बताउने नैनाले २/३ महिनाको अवधिमा एउटा म्युजिक भिडियोमा काम गरेकी छिन् । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीको स्वरवद्ध गीत ‘तिमीबाट टाढा हुँदा…’ बोलको गीतमा नैनाले अभिनय गरेकी हुन् ।
उनै मोडल नैनाश्री रानासँग विजनेससंसार डटकमका मनिष दाहालले गरेको कुराकानी :

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
अहिले म्युजिक भिडयोहरुमा नै ब्यस्त छु । अरु गीतहरुको म्युजिक भिडियो गरिरहेको छ ।

कति भयो यसक्षेत्रमा प्रवेश गरेको ?
यस क्षेत्रमा प्रवेश गरेको त्यही दुई/तीन महिना भयो ।

कति वटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?
मेरो पहिलो म्युजिक भिडियो नै ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीले गाउनु भएको ‘तिमीबाट टाढा हुँदा’को गीत नै हो ।

के चढ्नु हुन्छ, स्कुटी वा सार्वजनिक गाडी ?
म सार्वजनिक गाडीमा नै हिड्छु ।

अहिले अन्तरवार्ता लिइरहेको अवस्थामा तपाईसँग कति हजार सम्मको गरगहना र लुगा छ ?
अहिले त मैले धेरै बोकेको छैन् । तपाई नै अनुमान लगाउनु न ।

तपाईको साथमा कति रुपैयाँ जति पैसा पर्समा कहिले छुट्दैन् ?
तीन/चार हजार जति ।

तपाई कतै बजारमा जाँदा सबैभन्दा मनपर्ने लुगा कुन हुन्छ ?
वान पिस र साडी ।

तपाईलाई सबैभन्दा सेक्सी लाग्ने आफ्नै अंग ?
सबैले भन्नु हुन्छ, मेरो व्रेस राम्रो छ भनेर मलाई पनि मेरो वे्रस नै राम्रो लाग्छ ।

एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियोका निर्माता, निर्देशकले एउटा मोडलसँग के अपेक्षा गरेका हुन्छन् ?
धेरैले अभिनय राम्रो गरे हुन्थ्यो भन्ने सोच्छन् भने धेरैले अभिनयलाई सेक्समा तुलना गर्ने गर्छन् ।

तपाईलाई कसैले म म्युजिक भिडियो वा फिल्ममा खेलाइदिन्छु मसँग सेक्स गर्नुपर्छ भनेर प्रस्ताव राखे की राखेनन् ?
धेरैले राखे, नाम चाँही भन्न चाहन्न । तर म अभिनय सेक्समा साट्ने केटी होइन् ।

सेक्स के हो त ?
एउटा मान्छेलाई अति नै आवश्यक पर्ने चिज हो ।

तपाईले कुनै पनि ब्लुफिल्म हेर्नु भएको छ ?
हेरेको छु । धेरै पहिला एक जना साथीले देखाएको थियो ।

अहिले हेर्ने गर्नुहुन्छ कि हुन्न ?
अहँ.. हेर्दिन ।

तपाईलाई कसैले म यतिसम्म पैसा दिन्छु मसँग सेक्स गर्नुपर्छ भनेर सेक्सको प्रस्ताव राखे भने तपाई के गर्नुहुन्छ ?
म अस्वीकार गर्छु । मैले पैसाका लागि सेक्स गर्दिन । सेक्स त मन मिल्ने मान्छे सँग मात्र गर्छन् ।

नेपाली कुनै सेलिव्रेटीले सेक्सको प्रस्ताव राखे भने तपाई तयार हुनुहुन्छ ?
मैले भनी हाले नि, म मन मिल्ने मान्छेसँग मात्र सेक्स गर्छु ।

नेपाली नायक मध्ये सेक्सी लाग्ने नायक ?
जीवन लुईटेल ।

अन्ततः तपाईलाई अबको १० वर्षपछि कहाँ देख्न पाइने छ ?
एउटा राम्रो कलाकार भएको देख्न पाउँनु हुन्छ ।

केही भन्न चाहनु हुन्छ आमदर्शक तथा पाठकलाई ?
म मेहनत गर्छु, मैले गरेको हरेक कामहरुलाई सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget