एक सय जोडी, एकसाथ जन्ती अनि एकैसाथ सिउँदोमा सिन्दुर

विवाहमा प्रतिजोडी करिब ४ लाख रुपैयाँ खर्च भएको छ । एक सय जोडीका लागि करिब ५ करोड खर्च भएको आयोजकको अनुमान छ ।

काठमाडौं । श्री शिवशक्ति राहुलेश्वरानन्द फाउन्डेसनले गरिब तथा विपन्न समुदायका करिब एक सय जोडीको सामूहिक विवाह गराएको छ । पशुपतिको वनकालीमा आइतबार सामूहिक विवाह गराइएको हो । उनीहरू सामूहिक विवाह कार्यक्रममा हाँसीखुसी देखिन्थे ।




नुनदेखि सुनसम्मको व्यवस्था गरी हिन्दू विधिविधानअनुसार सामूहिक विवाह कार्यक्रमको आयोजना गरिएको हो । जोडीहरूलाई ४८ किसिमका विवाह सामग्री र एक महिना पुग्ने रासन पनि फाउन्डेसनले उपलब्ध गराएको स्वामी राहुलेश्वरानन्दले बताए । यहाँ कुनै जात, धर्मको विभेद नगरी, विपन्न जोडीलाई हामीले सहयोग गरेका हौं, यो नेपालको इतिहासमा पहिलो हुनुपर्छ, उनले  भने ‘नेपाल र भारतमा पैसाको कमी छैन तर कन्यादान महादान सम्झने व्यक्तिको कमी छ, त्यो हामीले पूरा गरेका हौं ।

विवाहमा प्रतिजोडी करिब ४ लाख खर्च भएको छ । ‘एक सय जोडीका लागि करिब ५ करोड खर्च भएको हाम्रो अनुमान छ, उनले भने । विवाहमा नेपाल, भारतलगायतका विभिन्न देशका प्रतिनिधि वरबधुलाई शभुकामना दिन आएको फाउन्डेसनले जनाएको छ ।

विवाहमा १४ अञ्चलबाटै सहभागिता भएको छ । गाउँ विकास समितिको सिफारिसमा सय जोडीको छनोट गरिएको मूल समारोह समितिका संयोजक अनिल बस्नेतले जानकारी दिए । ‘यो या त्यो भनेर छनोट गरिएको छैन, विपन्न वर्गका पहिलो निवेदन दिन आउनेलाई हामीले छनोट गरेका हौं,’ बस्नेतले भने । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget