मेकअपका प्रसाधनमा हुने रसायनका कारण महिलालाई प्रजननमा समस्या हुने शोधको दावी छ ।
कस्मेटिक मात्र नभएर शौचालयमा प्रयोग हुने रसायन र अन्य प्याकेजका खानेकुराले समेत प्रजनन् क्षमतामा प्रतिकुल असर पार्ने शोधकर्ताहरुले बताएका छन् ।
शोधकर्ताहरुले ३१ हजार ५ सय ७५ महिलामाथि यो अध्यन गरेका थिए । जसमा १ सय ११ प्रकारका रसायनले गर्ने असरबारे अध्यन गरिएको थियो ।
अध्यनका क्रममा लिपिष्टिक, नङ लगाउने पालिस हटाउने रसायन, बडी वास, हेयर केयर प्रसाधन लगायतका रसायनले प्रजननमा असर पार्ने पाइएको रिपोर्टमा उल्लेख छ ।
यो शोध पीएलओएस वन जर्नलमा प्रकाशित छ ।
Post a Comment