सरस्वतीसँग क्रिकेटर संजमको इन्गेजमेन्ट

२७ माघ, काठमाडौं । नेपाली क्रिकेटर संजम रेग्मी र सरस्वती गौतमको मंगलबार इन्गेजमेन्ट भएको छ ।
भैसेपाटी हाइटस्थित कोलनीमा इन्गेजमेन्ट भएको हो ।
विवाह भने फागुन अन्तिम साता हुनेछ । पारिवारिक स्रोतका अनुसार सरस्वती उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमकी भतिजी समेत हुन् ।
इन्गेजमेन्ट कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहेका गृहमन्त्री गौतम पनि उपस्थित थिए । साथै नेपाली क्रिकेट टीमका धेरै सदस्यहरु उपस्थित थिए ।
अफ स्पिनर संजमले पछिल्लो पटक बर्मुडामा भएको डिभिजन थ्री खेलेका थिए । त्यसपछि उनी टीममा छैनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget