मलेसियामा एक नेपाली युवाको मृत्यु

उर्लाबारी, २२ माघ, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपाली युवाको सुतेकै ठाउँमा मृत्यु भएको छ ।


मोरङ मधुमल्ला–४ निवासी ३१ वर्षीय गोपाल बोहोराको सुतेकै ठाउँमा मृत्यु भएको हो ।

 तीन महिनाअघि मलेसिया पुगेका बोहोराको यही माघ १६ गते मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
 मृतक बोहोराका भाइ भुपालका अनुसार १५ गते बेलुका घरमा फोन गरेका दाजुको १६ गते बिहान मृत्यु भएको खबर आएको थियो । मृत्युको कारण खुल्न नसकेकोे उनले बताए ।

 श्रीमतीसहित एक छोरी भएका मृतक बोहोराको शव नेपाल ल्याउने तयारी भइरहेको परिवारले जनाएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget