आइतबार, माघ २५,
नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय उडानका लागि झन्डै २५ वर्षपछि नयाँ एयरबस आइतबार काठमाडौं आउँदैछ। आइतबार बिहान काठमाडौं उत्रने नयाँ एयरबसको भव्य स्वागतका लागि एयरपोर्टमा विशेष तयारी गरिएको छ। नयाँ एअरबस लिनको लागि नागरिक उड्यन तथा पर्यटनमन्त्री दीपकचन्द्र अमात्यको नेतृत्वमा उच्च सरकारी टोली फ्रान्स गएको छ। पर्यटनमन्त्री सहितको सरकारी टोली आइतबार त्यही नयाँ एअरवसमा चढेर काठमाडौं फर्किदैछ। जहाज फ्रान्सबाट प्रस्थान गरिसकेको छ।
युरोपको एअरबस कम्पनीले निर्माण गरेको ए ३२-२०० सिरिजका दुईवटा जहाजमध्ये एउटा जहाज नेपाल आउन लागेको हो। निगमले दुईवटा जहाज ल्याउन एअरबससँग सम्झौता गरेको थियो। दुई महिनाभित्र अर्को जहाज आउने तयारी रहेको छ। निगमले ल्याउन लागेको जहाजमा एक सय ५८ सिट क्षमता रहेको छ। निगमका प्रवक्ता रामहरी शर्माका अनुसार पचासघन्टाको उडानपछि मात्र एयरबसको उडानको जिम्मा स पूर्ण रूपमा नेपाली पाइलट टोलीले लिनेछ।
निगमले एअरबस खरिद गर्नको लागि लामो विवाद भएको थियो। खरिदको विवादको कारण निगमका पूर्व कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार विरुद्ध अख्तियारले मुद्दा समेत दायर गरेको थियो। अख्तियारले अनियमिता गरेको आरोपमा लगाएको मुद्दा कंसाकारले अदालतबाट जितेका थिए। लामो समयको कानुनी विवादपछि निगमले एअरबससँग जहाज ल्याउने सम्झौता गरेको थियो। निगमले कर्मचारी सञ्चय कोषबाट १० अर्ब ऋण लिएर न्यारोबडीका दुईवटा जहाज खरिद गर्ने निर्णय गरेको थियो। गतवर्ष चैतमा भएको सम्झौता अनुसार एउटा जहाजको मूल्य सात करोड ५० लाख अमेरिकी डलर पर्ने छ।
नेपालको भुबनोटका लागि समेत अनुकुल हुने गरी तयार गरेर ल्याउन लागिएको नयाँ एयरबस कम इन्धन खपत कम गर्ने र उडान पद्दती डिजिटल प्रणालीबाट हुने निगमका अधिकारीले बताए। निगमसँग अहिले अन्तराष्ट्रिय उडानका लागि दुईवटा बोइङछ छन्। तर एउटा मात्रै चालु अवस्थामा छ।
अहिले निगमको अन्तराष्ट्रिय उडानको लागि दुईवटा बोइङ तथा राष्ट्रिय उडानको लागि चीन सरकारले अनुदानमा दिएको दुईवटा जहाज सहित तीनवटा ट्विअटर विमान रहेको छ। निगमले २५ वर्षपछि अन्तराष्ट्रिय उडानको लागि बोइङ तथा राष्ट्रिय उडानको लागि चीन सरकारले दिएको दुईवटा जहाज र चारवटा जहाज खरिद गर्ने भएपछि आफ्नो व्यवसायिक योजना समेत तयार पारेको छ।
अहिले निगमले अन्तराष्ट्रिय उडान मलेसिया,हङकङ,थाइल्याण्ड र कतारमा गर्दै आएको छ। निगमका प्रवक्ता शर्माले एअरबस आएपछि पहिलो उडान प्राथमिकता दिल्लीमा हुने जानकारी दिए। निगमले उडान नियमित नभएपछि दिल्लीको नियमित उडान स्थगित गरेको एकवर्षभन्दा बढी भइसकेको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.