एकल जातीय राज्य अब एमाओवादीले स्वीकार्दैनः अध्यक्ष प्रचण्ड

शनिबार, माघ २४,
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले संविधान सभा निर्बाचन अगाडि प्रस्तावित गरेको बहुपहिचान सहितको संघीयतामा सहमति गरी सहमतिमा संविधान जारी गर्न सकिने बताएका छन् । सुनसरीको इटहरीमा शनिबार क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा  प्रचण्डले काग्रेस र एमालेले सहमतिमा संविधान जारी गर्न बार्ता र छलफलको माध्यमबाट पहल गरे बहुपहिचान सहितको संघीयतामा एमाओवादी सहमति गर्न तयार भएको बताएका हुन् ।


बहुभाषिक, बहुसांस्कृतिक र बहुजाति रहेको मुलुकमा एकल जातीय राज्य एमाओवादीले पनि स्वीकार नगर्ने बताउदै कांग्रेस र एमालेले एमाओवादीलाई एकल जातीय कुरा गरेको झुटो आरोप लगाइरहेको बताए । उनले काग्रेस र एमालेले बहुजातीय मुलुकमा एकल जातीय कुरा गरेर विभिन्न जातजातीहरुलाई भिडाउन खोजेको भन्दै एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष भन्ने गित गाएर काँग्रेस एमाले यहि गीतको इसारामा चल्न खोजेको आरोप समेत लगाए ।

सहमतिमा संविधान जारी गर्न एमाओवादी अत्यन्तै लचक भएकाले सत्तारुढ दलहरुलाई बहुपहिचान सहितको संविधान र संघीयताको पक्षमा सहमति गर्न बाताबरण मिलाए एमाओवादी वार्तामा बस्ने उनको भनाइ थियो ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget