एजेन्सी जयपुर, माघ २६
भारतको राजस्थान राज्यको राजधानी जयपुरमा आइतवार राति एक जापानी पर्यटकको बलात्कार भएको छ। भाषाको समस्या भोगिरहेकी २० वर्षे ती युवतीले राम्रोसँग अंग्रेजी बोल्न जान्ने युवकसँग सहर घुम्ने सहमति जनाएकी थिइन्। युवकले उनलाई गुलावी सहर भनिने जयपुरका केही स्थान घुमाएको र साँझ बलात्कार गरेको पीडितले प्रहरीमा गरेको उजुरीमा उल्लेख गरेकी छन्।
भारतमा विदेशी पर्यटकमाथि बलात्कारका घटना बारम्बार भइरहन्छन्। गत महिना बिहार राज्यमा एक जापानी पर्यटक सामुहिक बलात्कारको शिकार भएकी थिइन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment