होटलमा लुकीछिपी यौन धन्दा चलाउने यौनकर्मीहरु अब सडकमै आएर बार्गेनिङ

मनिका झा
जनकपुरधाम , जनकपुरका लजहरुमा खुलेआम यौनधन्दा संचालन हुन थालेको छ। पहिले लज तथा होटलमा लुकीछिपी यौन धन्दा चलाउने यौनकर्मीहरु अब सडकमै आएर गा्रहक खोजी तथा बार्गेनिङ गर्न थालेका छन्।

यौन धन्दा फस्टाएको र यसले समाजमा नकारात्मक प्रभाव परेको भन्दै स्थानीयबाट धेरै गुनासा र उजुरी भएपछि प्रहरीले अप्रेशन सुरु गरेको छ।प्रहरीले सोमबार साँझ जनकपुरको काठमाडौं गेस्ट हाउस र गिरिजा लजमा छापामारी गरि यौनकर्ममा लागेका दुईवटा जोडीलाई नियन्त्रणमा लिएको छ तर लज संचालकहरुलाई भने कुनै कारबाही गरेको छैन।

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आपत्तिजनक अवस्थामा पक्राउ गरेका दुई जोडी मध्ये एउटाको श्रीमान वैदेशिक रोजगारमा रहेको पाइएको छ भने अर्को जोडी स्थानीय रहेको प्रहरी निरीक्षक रविशंकर यादवले बताए । पक्राउ परेकाहरुलाई सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाइएको जानकारी समेत यादवले दिए।

यस्तो धन्दा संचालनमा प्रहरीको समेत मिलोमतो रहने गरेको स्थानीयको आरोप छ । लजमा हुने यस्ता धन्दाले सामाजिक विकृती बढेको भन्दै स्थानीयले पटकपटक प्रहरीकहाँ उजुरी गर्दा पनि केही कारबाही नभएको यहाँका बासिन्दाको छ।

स्थानीय जनक चोक, राम चोक र शिव चोकमा यौनकर्मी महिलाहरु ग्राहकसँग मोलमोलाइ गर्ने गर्छन्। उनीहरुले बाटोमा हिड्ने पुरुषहरुलाई खुलारुपमै यौनकर्मको लागि प्रस्ताव राख्ने गरेका छन्। यौनकर्मीले सडकमै गा्रहक बोलाउँदा तथा बार्गेनिङ गर्दा पनि प्रहरीले वास्ता नगर्ने स्थानीय सुजित साहले बताए।

लज र होटल संचालकहरुलाई कमिशन दिएर यौनकर्मीहरुले ग्राहक ल्याउने गरेको र यसबाट केही घण्टामै राम्रो कमाई हुने गरेकोले यो धन्दा फस्टाउंदै गएको हो । त्यसैगरी बाहिरबाट आउने जोडीहरुसंग लज र होटल संचालकहरुले प्रति घण्टा चारसयदेखि पांचसय सम्म लिने गरेको स्रोतले जनाएको छ ।

अन्नपूर्णपोस्ट बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget