भाइरस अझ खतरनाक बन्ने हो कि भन्दै वैज्ञानिक चिन्तित
(एजेन्सी) गिनीमा इबोलाको प्रकोपको अध्ययन गरिरहेका वैज्ञानिक तथा अध्ययनकर्ताहरुले भाइरस म्युटेसन (स्वरुपमा परिवर्तन) हुन थालेको बताएका छन् ।
गत मार्चमा इबोलाको प्रकोपको शुरुवात पत्ता लगाउने फ्रान्समा रहेको इन्सिटिटुट पास्टुअरका अध्ययनकर्ताहरुले इबोलाको भाइरस अझ संक्रामक बनेको बारेमा अनुसन्धान गरिरहेका छन् ।
हाल यस भाइरसबाट २२ हजारभन्दा बढी संक्रमित बनिसकेका छन् भने गिनी, सिएरा लियोन र लाइबेरियामा ८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । भाइरसको म्युटेसनको बारेमा अध्ययन गर्न वैज्ञानिकहरुले गिनीमा रहेका इबोलाका सयौं रोगीहरुको रगतको स्याम्पल अध्ययन गरिरहेका छन् ।
उनीहरुले भाइरसले कसरी आफूलाई परिवर्तन गरिरहेको र यदी भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने गरी विकसित त भइरहेको छैन भन्ने बारेमा अध्ययन गरिरहेका छन् ।
‘हामीलाई यति मात्र थाहा छ कि भारइस निकै परिर्वन भइराखेको छ,’ डा. अनावाज सकुन्ताभाईले बताएका छन् ।
‘एउटा भाइरसले आफूलाई कम खतरनाक रुपमा परिवर्तन पनि गर्न सक्छ तर हाम्रो चिन्ता भनेको यो अझ बढी संक्रमक बनेको त छैन भन्ने हाम्रो चिन्ता हो ।’ – डा. अनावाज सकुन्ताभाई
भाइरसको परिवर्तनबारे जानकारी राखिराख्नु नयाँ रोग र यसको उपचारको लागि अति आवश्यक हुने उनी बताउँछन् । ‘भाइरसलाई निमूल पार्न त्यो कसरी परिवर्तन भइरहेको छ भनेर जानकारी राख्न अत्यन्त जरुरी हुन्छ,’ सकुन्ताभाईले बताए ।
हुनतः समयमा समयमा भाइरसको स्वरुपमा परिर्वतन हुनु अस्वभाविक होइन । इबोला एचआइभी र इनफ्लुएन्जाजस्तै आरएनए भाइरस हो जसको परिर्वतन हुने दर निकै तीव्र हुन्छ । यसले भाइरसलाई वातावरणसँग घुलमिल हुन मद्दत गर्छ । यसबाट भाइरस अझै संक्रमक बनाउने सम्भावना रहन्छ ।
‘हामीले अहिले यस्ता धेरै रोगी भेटाएका छौं, जसमा इबोला भाइरसबाट संक्रमित बनेपछि देखिने कुनै पनि लक्षण देखिएका छैनन्,’ सकुन्ताभाईले भने, ‘यस्ता रोगीले भाइरसलाई अझ फैलाउने खतरा हुन्छ । एउटा भाइरसले आफूलाई कम खतरनाक रुपमा परिवर्तन पनि गर्न सक्छ तर हाम्रो चिन्ता भनेको यो अझ बढी संक्रमक बनेको त छैन भन्ने हाम्रो चिन्ता हो ।’
बेलायतको नोटिङहम विश्वविद्यालयका एक भाइरोलोजिस्टका अनुसार यसरी लक्षण नदेखाउने रोगीहरुको संख्या पहिलेको तुलनामा बढेको हो वा होइन भन्ने विषयमा अझै यकिन भइसकेको छैन ।
‘हामीलाई थाहा छ लक्षण बिनाकै संक्रमण देखिन्छन् । तर, यो पहिलेको भन्दा बढेको छ वा छैन भन्ने अझै यकिन भएको छैन,’ उनले भने, ‘हुन सक्छ यो संख्याको कुरामात्र हो । धेरै रोगी भएपछि धेरै त्यस्ता लक्षण नभएका रोगी पनि देखिका हुन सक्छन् ।’
वैज्ञानिकहरुका लागि चिन्ताको अर्को विषय भनेको इबोला परिवर्तन भएर हावाबाट सर्ने हुने हो कि भन्ने रहेको छ । यद्यपि अहिलेसम्म यस्तो कुनै संकेत देखिएको छैन । अझै पनि प्रत्यक्ष सम्पर्कबाट मात्र यो रोग फैलिरहेको देखाएको छ ।
‘रगतबाट सर्ने भाइरसहरु हालसम्म पनि हावामा सर्ने बनेका छ्रैनन् । यसका लागि भाइरसको स्वरुपमा ब्यापक परिवर्तन हुनुपर्छ,’ संक्रमित रोगका विशेषज्ञ प्रोफेसर डेभिज हेम्यानले भने ।
भाइरोलोजिस्ट नोइल टोर्डोले भने, ‘हामीले अहिलेसम्म भाइरस कुन तहसम्म परिवर्तन भएको भन्ने यकिन गर्न सकेका छैनौं । तर भाइरसमा केही परिवर्तन भने अवश्य आएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment