मनतातो पानी पिउनुस् यी रोग भगाउनुस्..

आयुर्वेदमा सामान्य भन्दा सामान्य देख्ने वस्तुको औषधीय गुणका बारेमा निकै सुक्ष्म तरिकाले अध्ययन गरिएको छ । पानीको औषधीय गुणका विषयमा ऋषी मुनीहरूले सुक्ष्म क्षमताबारे पनि अध्ययन गरेका छन् । मनतातो पानीमा पनि विभिन्न औषधीय गुण हुने ऋषि मुनीहरूले बताउँदै आएका छन् ।

थाहा पाऔ पानीका केही औषधीय गुणहरू...

- पानी एउटा औषधी नै हो । पानीले धेरै रोगहरूबाट जोगाउन मद्धत गर्छ । बिहानै खाली पेटमा तातो पानी पिउनु शरिरका लागी निकै लाभदायक हुन्छ ।
- उम्लिएर मनतातो भएको पानी पिउनाले कफसँग सम्बन्धीत रोगहरू नष्ट हुन्छ ।
- ग्यास्ट्रिकको समस्याबाट केही राहत मिल्छ ।
- खाना खाएपछी बारम्बार तातो पानी खाएमा मोटोपन कम हुन्छ ।
- तातो पानी पिउनाले भोक लाग्छ ।
- खोकी, दम र अन्य समस्याहरू पनि सञ्चो हुन्छ ।
- अपच, टाउको दुखाईलाई पनि फाइदा गर्छ ।
- पानी उमालेर चार भागमा तीन भाग मात्र रहँदाको पानीले पनि निकै फाइदा गर्ने गर्छ । यस्तो पानी पिउनाले शरिरमा रहेको वायु, पित्त र कफ नाश हुन्छ ।
- उमालेर चिसो बनाएर पानी पिउँदा ग्याट्रिक, क्षयरोग, पेटको रोग, भोक नलाग्ने, जुका जस्ता समस्या समाधान हुन्छ ।
- ज्वरो, शरिरमा जलन, चक्कर आदी समस्यामा भने मनतातो पिउनु हुँदैन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget