भारतीय वाणिज्य दूतावासमा आक्रमण

फोटो :एजेन्सी
एजेन्सी : उत्तरी अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा केही दिनयता निरन्तर आक्रमण भइरहेको छ।

सोमबार बिहानैदेखि दूतावासमा आसपास र परिसरमा गोलाबारी र बम विस्फोट भएको हो । समाचार अनुसार दूतावासमा लुकेका आतंकवादीहरुले फेरि धावा बोलेका हुन् ।


पाकिस्तानी सीमानजिकैको पठानकोटस्थित भारतीय वायुसेना अड्डामा गम्भीर हमलाको एक दिनपछि आतंकवादीहरु आइतबार भारतीय वाणिज्य दूतावासमा पस्ने प्रयासमा लागेका थिए ।
त्यही क्रममा त्यहाँ आइतबारबाटै भिडन्त भइरहेको छ ।

यी दुई हमलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तन पुगेर सम्बन्ध सुधार्न गरेको प्रयास कार्यान्वय नहुँदै संकटमा पर्ने अवस्था आएको छ ।


अफगानिस्तानको दूतावास र भारतकै पठानकोटस्थित सैन्य शिविरमा भएका हमलाको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएका छैनन् ।

वाणिज्य दूतावासका एक भारतीय अधिकारीले भारतीय सुरक्षा बन्दोबस्त भएको परिसरभित्रबाट टेलिफोनमा आफूहरुमाथि हमाला भएको र लडाइँ चलिरहेको जानकारी एएफपीलाई गरेका थिए ।

भारतीय अधिकारीहरुका अनुसार दूतावासमा रहेका सबै भारतीय अधिकारीहरु अहिलेसम्म सकुशल रहेका छन् ।

हमलाकारीले वाणिज्य दूतावास नजिकै एक भवनमा लुकेर गोलाबारी गरेका थिए । अफगान सुरक्षा बलले हमलापछि यस क्षेत्रको सडकलाई घेराबन्दी गरेको छ ।

अन्य अवस्थामा शान्त रहने वाले बल्ख प्रान्तको मजार ए शरिफमा एक स्थानीय पुलिस प्रवक्ताल बताए अनुसार हमलापछि यो क्षेत्रलाई पुरै घेरामा राखिएको छ ।

दिल्लीमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले अहिलेसम्म कुनै भारतीय हताहत भएका छैनन् ।
annapurnapos
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget