ओलीका लागि मर्न तयार एकदर्जन भित्रिया आउट !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार र उपाध्यक्ष विद्या भण्डारी शीतल निवास प्रवेश गरेपछि ओली समूहमा सन्तुष्टी होइन असन्तुष्टी बढ्न थालेको छ ।

आजको साँघु साप्ताहिकमा खबर छ–ओली समूहका लागि ज्यानको बाजी थाप्दै आएका राजनीतिक सांगठनिक रुपमा सक्रिय, जनाधार भएका सिद्धान्तनिष्ठ, केही युवा नेता तथा कार्यकर्ताहरु अहिले बालुवाटार दरबार र शीतलनिवास दरबारबाट आउट भएको खबर प्राप्त भएको छ । उनीहरुको टिप्पणी छ, ओली र विद्याले हामीलाई लौरोको रुपमा प्रयोग गरे, खोलो तरेर पदमा पुगेपछिचाँहि बिर्सिए ।

एमालेभित्र ओली समूहका लागि दिलोज्यान दिएर लागेका युवाहरु युवराज बास्कोटा, देवराज घिमिरे, दिपक कार्की, शम्भु श्रेष्ठ (बरिष्ठ पत्रकार) घनेन्द्र बस्नेत, विनोद ढकाल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, हिक्मत कार्की, दयालबहादुर शाही लगायतकाहरु अहिले उपेक्षाको शिकार भएका छन् । ओली समूहका लागि मर्न भने पनि तम्तयार यी व्यक्तित्वहरुलाई बालुवाटार शीतलनिवासबाट कुनै खोजखबर समेत नगरिएको गुनासो अन्तरकुन्तरबाट छरपष्ट हुँदैछ ।.khabardabal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget