भेटियो साढे १२ करोड वर्षअघि लोप भएको भनिएको अनौठो जीव

एजेन्सी । कहिले कहिले वैज्ञानिकहरुले यस्ता जीव भेट्टाउँछन् कि जसलाई देखेर हामी आफ्नै पृथ्वी र यसमा रहने जीवको बारेमा कति कम जान्दछौं भनेर अन्दाज गर्न सक्छौं ।


समुद्रको गहिराईमा हालै एउटा यस्तो जीव वैज्ञानिकहरुले फेला पारेका छन्, जुन करिब साढे १२ करोड वर्षअघि नै पृथ्वीबाट लोप भएको अनुमान गरिएको थियो । यो जीव भेटेर स्वयम् वैज्ञानिकहरु पनि आश्चर्यमा परेका छन् ।

प्रागैतिहासिक कालको जस्तो देखिउने ‘गब्लिन शार्क’ नामको यो जीव अस्ट्रेलियाको एक जैविक संग्रहालयमा राखिएको छ । गुलाबी रंगको यो शार्क आफ्नो लामो मुख र नंग्रा जस्ता दाँतका कारण निकै अनौठो देखिन्छ ।

वैज्ञानिकहरुले यसलाई ‘गहिराईको एलियन’ को उपमा समेत दिएका छन् । यसको वैज्ञानिक नाम ‘मित्सुकुरी अस्टोनी’ हो र यो हिन्द महासागर, आन्ध्र महासागर र प्रशान्त महासागरमा पाइएको छ । यो एक जीवित जिवाश्मा हो ।

अस्ट्रेलियाली संग्रहालयका फिस कलेक्सन म्यानेजर मार्क म्याकग्राउदरले भनेका छन्, ‘यो जीव भेटिनु अत्यन्तै दुर्लभ हो । मेरो संग्रहालयमा यस्ता केवल ४ शार्क छन् । पहिले २ वटा शार्क १९८० मा भेटिएका थिए । पछिल्लो समयमा जनवरीमा एक शार्क भेटिएको थियो । सतहभन्दा करिब ६५६ फिट गहिराईमा भेटिएको गब्लिन शार्कले साना माछा र गंगटा खान्छ ।’
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget