महतोको घाउ निको भएन, हेलिकप्टरबाट काठमाडाैं हुँदै अाजै दिल्ली लगिदै (भिडियो)
काठमाडाैं-सद्भावना पार्टी अध्यक्ष एवं मोर्चा नेता राजेन्द्र महतो थप उपचारका लगि भारतको दिल्ली प्रस्थान गर्दैछन्। विराटनगरबाट काठमाडाैं हुँदै उनी अाजै दिल्ली प्रस्थान गर्ने सद्भावना पार्टीका वरिष्ठ नेता तथा वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले नागरिकन्युजलाई बताए।
महतोलाई रिंगाटा लाग्ने, ब्लड प्रेसर र युरिक एसिड बढ्ने जस्ता समस्या देखिएको कर्णले बताए।
अान्दोलनमा घाइते भएका नेता महतो विराटनगरको गोल्टेन अस्पतालमा उपचार पछि त्यहाँबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना थिए। पुस ११ गते जोगवनी नाकामा धर्ना दिने क्रममा प्रहरीसँगको झडपमा महतो घाइते भएका थिए।
युरिक एसिड र सुगरका बिरामी महतोको शरीरमा लागेको चोट निको हुन समय लाग्ने चिकित्सकले बताएका छन्। भारतमा दक्ष चिकित्सकसँग उपचार गर्ने भन्दै उनी भारततर्फ जान लागेका हुन्।
nagariknews
Post a Comment