निर्माता छविराज ओझामा यूवती प्रतिको आकर्षण केही बढी नै देखिन्छ । उनी, यस बारेमा खुलेरै कुरा पनि गर्छन् । छवि ओझाको जीवनमा आउने यूवतीहरु नेपालका पूर्वी क्षेत्रका धेरै देखिन्छन् ।
मोरङ कि रेखा थापा हुन् या विराटनगरकी शिल्पा पोख्रेल नै किन नहुन्, छवि ओझाको जीवनमा विभिन्न कारणले जोडिएका छन् । उनै छवि भन्छन्-‘मेरो घर धरान हो । म घर नै जान्न । यसैले पूर्वका यूवतीहरु देख्दा आफ्नै जस्तो लाग्छ ।’ छविले नेपालको पूर्वी क्षेत्रका यूवतीलाई चलचित्रमा ल्याउनुको कारण पनि यही नै रहेको खुलाए । छविले आफ्नो जीवनमा अहिले भ्याकेन्सी खाली रहेको खुलाए । अनी शिल्पाको कुरा के भो त ? छविले भने-‘उनी त छदै छिन् नि ।’ उसो त छवि ओझा यस्ता कुरा गसिपमा आउनका लागि पनि गर्छन् । तर, उनको जीवनमा जोडिने विभिन्न यूवतीका नामले पनि उनमा यूवती मोह बढी भएको स्पष्ट हुन्छ । चलचित्र चलाउने समयमा छवि ओझासँग यूवतीको नाम अझै बढी जोडिएको पाइन्छ ।
Post a Comment