तपाईं ३५ वर्ष पुग्नुभयो ? मुटु रोगको समस्या हुन सक्छ !

कुविक एनपी न्युज
तपाईंको उमेर ३५ वर्ष पुग्यो वा त्यो भन्दा धेरै भयो । खानपिनमा ख्याल गर्नुस् है, मुटु रोगको खतरा बढ्दै जान्छ । ३५ वर्ष भन्दा माथि उमेर पुगेका मानिसमा कोलस्ट्रोलको स्तर थोरै मात्र बढेपनि मुटु रोगको खतरा हुने एक अध्ययनले देखाएको छ ।
३५ देखि ५५ वर्षका मानिसमा हरेक दश वर्षमा कोलस्ट्रोलको स्तर केही बढ्ने गरेको पाइएको छ । यसले गर्दा मुटु रोगको सम्भावना ४० प्रतिशत बढ्ने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।
अनुन्धानकर्ताले १५ सय जना मानिसमा गरिएको अनुसन्धान पछि यस्तो निष्कर्ष निकालेका हुन् । आफ्नो शरीरमा कोलस्ट्रोलको स्तर कस्तो छ भनेर नियमित रुपमा चेकजाँच गराउनु पर्ने अनुसन्धानकर्ताले बताएका छन् ।

विज्ञान पत्रिका सर्कुलेशनमा छापिने अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता डा. एन मेरी नवार बोगनका अनुसार ३५ वर्ष नाघेका मानिसमा थोरै मात्र कोलस्ट्रोलको स्तर बढ्नु पनि मुटु रोगका लागि खतरापूर्ण हुन्छ । तर आतिएर औषधी नै भने खानु नपर्ने उहाँले बताउनुभयो । त्यसका लागि आफ्नो खानपिनमा सुधार ल्याउने तथा नियमित व्यायाम गर्नु पर्ने उहाँको सुझाव छ ।

मानिसमा मुटु रोगको सुरुवात २० देखि ४० वर्षको उमेरमा नै हुने भएकाले सुरु देखिनै सजगता अपनाउने हो भने रोगबाट बच्न सकिने उहाँले बताउनुभयो । ५० वा ६० वर्षमा आएर मात्र खानपानिमा सुधार तथा व्यायाम गर्नेले भने मुटुरोगलाई रोक्ने ठूलो मौका गुमाउने उहाँको भनाई छ ।
रगतमा कोलस्ट्रोलमो स्तर बढ्दै जाँदा रगतका नलिलाई बन्द गर्दै लैजाने र यसले गर्दा मुटु, मस्तिष्क तथा शरीरका अरु भागमा हुने रक्तसञ्चारमा कमि आउँछ । यही क्रम चलिरहने हो भने मुटु दुख्ने वा हृदयघातको समस्या आउने रिर्पोटमा उल्लेख छ ।
यसबाट बच्नका लागि नियमित चेकजाँच गर्ने तथा कोलस्ट्रोल बढी पाइने खालका खाना नखाने र नियमित व्यायाम गर्नु पर्ने अनुसन्धानकर्ताको सुझाव छ ।
एजेन्सीको सहयोगमा भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget