पाकिस्तानमा एक वर्षको अवधिभर २२ लाख महिलाद्वारा गर्भपतन

एजेन्सी (सास)इस्लामाबाद । पाकिस्तानमा पछिल्लो १० बर्षको दौरानमा गर्भपतन गराउनेको संख्या ह्वात्तै बढेर गएको छ । पाकिस्तानमा बर्षेनी गर्भपतन गराउनेको संख्या दोब्बर बढ्दै गएको र पछिल्लो बर्ष यो संख्या बढेर २२.५ लाख नाघेको एक तथ्यांकले देखाएको छ ।


यसको कारण यो छ कि पाकिस्तानी रूढिवादी समाजमा गर्भ निरोधक साधानको प्रयोग एकदम कम प्रयोग हुने गर्दछ । ‘इंड्यूस्ड अबॉर्शन्स ऐन्ड अनइंटेटिड प्रेगनेन्सीज इन पाकिस्तान’ नामक रिपोर्ट अनुसार यो आंकडा सार्वजनिक गरिएको हो । यो रिपोर्ट अमेरिकाको गटम्याचर इंस्टीच्युटको सहयोगमा जनसंख्या परिषदद्वारा जारी गरिएको थियो ।

उक्त तथ्यांक अनुरुप सन् २०१२ मा पाकिस्तानमा गर्भपतन गराउनेको संख्या २२.५ लाख रहेको थियो । अधिकांश गर्भपतन यस्ता मानिसहरुले गराए, जो गर्भ बोक्ने योग्यता राख्दैनथिए । रिपोर्टमा भनिए अनुसार बर्ष २०१२ मा गर्भपतन गराउने ६ लाख २३ हजार महिलाहरुलाई असुरक्षित गर्भपतनकै कारण पुन: उपचार गराउन परेको थियो ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget