नातिलाई राजा बनाउने खेलमा ज्ञानेन्द्र !

काठमाण्डु, १६ माघ– आफ्नो निजी चिया बगानमा राजतन्त्रलाई फर्काउन सकिने वा नससकिने डिजाइन बुन्दै पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाण्डु आउँदैछन् ।
उनी बालखसा प्रभुशमशेर जवरा, पूर्वशाही पाश्र्ववर्ती भरतकेशर सिंह, पूर्वसैनिक सचिव शान्तकुमार मल्ल, रेणु राणा, करुणा राणा र प्रभुशमशेर पत्नी राज्य राणालगायतका अति निकटसँग बसेका थिए ।
जाडो छल्न एकान्तवासका लागि दमकस्थित मिहालयन टी गार्डेनमा बसेका पूर्वराजाले देशको पछिल्लो परिस्थिति र राजतन्त्रका भूमिकाका बारेमा छलफल गर्न बजरा, सिंह, र मल्ललाई माघ ७ गते टी गार्डेन बोलाएका थिए ।
उनीहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको उच्च स्रोतले बताएको छ । बसाइका क्रममा पूर्वराजाले आफ्नो निजी सचिव सागर तिमल्सिना र संवाद सचिव डाक्टर फणीराज पाठकलाई पनि राखेका थिए ।
नयाँ संविधान बन्न नसकेको अवस्थामा र प्रतिपक्षी दलले आन्दोलन घोषणा गरी सडक सर्घषमा गएको अवस्थामा पूर्वराजाले अति निकट मानिएकाहरुसँग अति महत्वपूर्ण छलफल गरेको स्रोतले जनाएको छ ।
छोरा पारस थाइल्याण्डमा बस्न थालेपछि नाति ह्रदयेन्द्रलाई सँगै लग्न थालेका पूर्वराजाले आफ्नो भूमिका नातिका लागि तयार गरिरहेका छन् । स्रोतका अनुसार निकटसँग भएको छलफलमा अबको राजतन्त्रको भूमिका कस्तो रहने भन्ने विषयमा गम्भीर छलफल भएको थियो ।
अति गोप्य रहेको कुराकानीमा सबैले आफ्नो तर्फबाट खेल्नुपर्ने खेल्नुपर्ने भूमिका र हालसम्म खेलेको भूमिकाका बारेमा छलफल गरिएको थियो ।
नेपाल समाचारपत्र दैनिकबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget