मानिसको मृत्युपछि पनि दिमाग जिउँदै रहन्छ यहाँ

विज्ञानले विभिन्न प्रयोगबाट नसोचेको कुरालाई पनि सही सावित गरिरहेको छ । केही न केही नयाँ प्रयोगको लागि नयाँ प्रविधिले झन सजिलो बनाएको छ ।

बीबीसीले जनाए अनुसार यस्तै प्रयोग अमेरिकाको क्यालिफोर्नियामा हुन गईरहेको छ । यस प्रयोगमा वैज्ञानिकले ३०० जना मृत मानिसको दिमागलाई सजाएर राख्नेछन ।   यसलाई उनीहरुले डिजिटल आर्काइभ नाम दिएका छन । यी सबै दिमाग भने मर्नु भन्दा अगाडि नै विज्ञानको प्रयोगको लागि दान गरिएका हुन ।   यी दिमागहरुलाई विभिन्न तरिकाबाट अनुसन्धान गरिनेछ । दिमागको हरेक पार्टको स्क्यान गरी उनीहरुबाट बन्ने तस्विरहरु पनि सुरक्षित गरिनेछ । दिमागमा हुने अध्ययनले नशासँग जोडिएको सबै साना साना कुराहरुको पनि तथ्य पत्ता लगाउन सक्छ र यसबाट दिमागको प्रयोगबाट कसरी मानिसको जीवन बढाउन सकिन्छ भन्ने कुरा पत्ता लाग्ने बताइन्छ ।

  यहाँ मानिसको मृत्यु भएपछि पनि दिमागलाई जिउदै राखिन्छ र आवश्यक पर्ने मानिसको जिन्दगी बचाइने बताइएको छ ।   यस ब्रेन अध्ययनका जन्मदाता डा जेकोपो अनिसले भने 'यस्तो अलग किसिमको ल्यावको साथमा वैज्ञानिक ती विरामीको बारेमा पनि खोज्नेछन जो दिमागका विरामी छन ।'nepaliheadlines.com
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget