हनिमुन बेग्लै ठाउँ खोज्‍नु परेन, कोठामै भयो : सिन्धु मल्ल

कामको सिलसिलामा सुधांशु थापासँग भेट भयो। हामी दुवै संगीत क्षेत्रका मान्छे। अलिअलि भेटघाट र फोनमा कुरा गर्दागर्दै एकअर्कालाई मन पराउन थालेछौं। उमेर पुगेको मान्छे। विवाह गर्ने निर्णयमा पुग्यौं।



घरमा कुरा राख्यौं। म ठकुरी, उहाँ क्षेत्री। त्यसमाथि संगीत क्षेत्रमा लागेको मान्छे। मेरो परिवार विवाहका लागि राजी भएन। त्यस बेला म काठमाडौंमा अन्टीकहाँ बस्थेँ। अंकल पुलिस इन्स्पेक्टर हुनुहुन्थ्यो।


परिवारको स्वीकृति नपाएपछि हामी काठमाडौंबाट भाग्यौं। सीधै धनगढी जाने बस नपाएपछि नेपालगन्जको बस चढ्यौं। नारायणगढबाट धनगढीको बस चढ्ने भनेर त्यहाँ ओर्लियौं। मलाई होटेलमा छाडेर उहाँ खानेकुरा लिन एक्लै बाहिर निस्कनुभयो।
 विवाहपछि मानसिक रूपमा मात्रै होइन, शारीरिक रूपमा पनि एक भयौं। सुरुसुरुमा उहाँ नजिक आउँदा अलिअलि लाज अनि अलिअलि डर लाग्थ्यो। तर, मनमा उत्सुकताचाहिँ हुन्थ्यो। अलि पछि सहज लाग्न थाल्यो।

उहाँलाई बाटोमा पुलिसले बोलाएछन्। अंकलको माध्यमबाट पुलिसले खोजी गरेका होलान् भनेर डराउनुभएछ। धेरैपटक बोलाएपछि मात्र बोल्नुभएछ। तर, पुलिसले उहाँलाई टेलिचलचित्रमा देखेर पो बोलाएका रहेछन्।

डरैडरमा धनगढीस्थित आमाजूको घरमा पुग्यौं। हामीलाई लिन डडेलधुराबाट जेठाजु आउनुभएको थियो। थापा परिवारमा विवाहको तयारी भइरहेको थियो। सबै खुसी देखिन्थे। किनमेलका लागि भारततिर जाने कुरा सुनेँ।

त्यति बेला मेरो मनमा अनेक कुरा खेलिरहेको थियो। उहाँलाई चिनेको धेरै समय पनि भएको थिएन। ठूलो आँट गरेर भागेको। मलाई उतै लगेर बेच्ने पो हुन् कि भनेर डर पनि लाग्यो।

२०६० साल वैशाख २० गते हाम्रो विवाह भएको हो। मेरो लागि डडेलधुरा नयाँ ठाउँ भएकाले विवाहको समय नै हनिमुनजस्तो लाग्यो। विवाहपछि मन ढुक्क भयो।

विवाहपछि मानसिक रूपमा मात्रै होइन शारीरिक रूपमा पनि एक भयौं। सुरुसुरुमा उहाँ नजिक आउँदा अलिअलि लाज अनि अलिअलि डर लाग्थ्यो। तर, मनमा उत्सुकताचाहिँ हुन्थ्यो। अलि पछि सहज लाग्न थाल्यो।
विवाहपछि हामी काठमाडौंमा दुईजनामात्र बस्न थाल्यौं। वातावरण सधैं सहज र रोमान्टिक हुन्थ्यो। त्यसैले हनिमुन जान आवश्यक भएन। कामको सिलसिलामा पनि प्राय: सँगै हुन्थ्यौं। त्यसैले बेग्लै ठाउँ खोज्दै हिँड्नु परेन।
शारीरिक रूपमै एक भएपछि जीवन उहाँलाई सुम्पिएँ भन्ने महसुस हुन्थ्यो। यो प्रकृतिको नियम अनि प्रेमको अभिव्यक्ति पनि होला। काठमाडौं फर्किएपछि हामी दुईजनामात्र बस्न थाल्यौं।

वातावरण सहज र रोमान्टिक भएकाले हनिमुन जान आवश्यक भएन। कामको सिलसिलामा पनि प्राय: सँगै हुन्थ्यौं। त्यसैले बेग्लै ठाउँ खोज्दै हिँड्नु परेन। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget