भुइँकटहरबाट स्वास्थ्‍यलाई फाइदै फाइदा

भुइँकटहर जाडो तथा गर्मी दुवै मौसममा पाइने फलफूल हो। यसमा प्रशस्त मात्रामा भिटामिन तथा प्रोटिन पाइन्छ। यो गुणकारी फलका बारेमा केही थाहा पाऔं :


क्यान्सरबाट बचाउँछ



भुइँकटहरमा ब्रोमेलन तत्त्व हुने भएकाले यसले क्यान्सरबाट बच्न सहयोग पु:याउँछ। भुइँकटहरका बारेमा प्रशस्त अध्ययन भएको छ। ती सबै अध्ययनबाट भुइँकटहरमा क्यान्सरविरुद्ध लड्ने तत्त्व प्राप्त भएको पत्ता लागेको छ।


हड्डी बलियो बनाउँछ


भुइँकटहरमा म्याग्नेसियमको मात्रा प्रशस्तै हुन्छ। यसले हड्डीलाई बलियो बनाउन सहयोग पु:याउँछ। यसबाहेक यसमा ब्रोमेलेन कम्पाउन्ड पनि हुन्छ। यसले हड्डीसम्बन्धी रोगबाट बचाउँछ।

मधुमेहका लागि उत्तम

भुइँकटहरमा क्यालोरीको मात्रा कम हुन्छ। यस्तै यसमा गुलियोपन पनि कम हुन्छ। त्यसैले भुइँकटहर खाँदा सुगरको मात्रा बढ्दैन। त्यसैले मधुमेहका बिरामीले आफ्नो खानामा भुइँकटहर समावेश गर्दा राम्रो हुन्छ।


हृदयरोगीलाई फाइदा


मुटुसम्बन्धी समस्याबाट पीडित हुनेहरूले भुइँकटहर खानुपर्छ। यसले हाम्रो शरीरको एलडीएल कोलेस्ट्रल कम गराउँछ। एलडीएल कोलेस्ट्रल मुटुरोगीका लागि खतरनाक हुन्छ।


पाचनप्रणाली सही राख्न


भुइँकटहरमा फाइबरको मात्रा प्रशस्त हुन्छ। फाइबर पाचनप्रणालीका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। भुइँकटहरमा भएको ब्रोमेलन तत्त्वले शरीरमा रहेको अनावश्यक एसिड निकालिदिन्छ। यसो हुँदा पाचनप्रणाली सही हुनुका साथै शरीरमा रहेको बोसो पनि घट्छ।


छाला चम्काउन


भुइँकटहरमा एन्टी अक्सिडेन्टलको मात्रा प्रशस्त हुन्छ। यसले बुढ्यौलीपन कम गर्नुका साथै छालामा रहेको दाग तथा धब्बा हटाउन सहयोग पु:याउँछ। यसैगरी भिटामिन 'सी' पनि भएकाले यसले कोलाजेन बनाउन सहयोग गर्छ। आफ्नो छाला चमकदार बनाउनु छ भने नियमित रूपमा भुइँकटहर खानुपर्छ।


प्रतिरोधात्मक शक्ति बढाउन


भुइँकटहरमा ब्रोमेलेन हुन्छ। यसमा एन्टि इन्फ्लेमेटरी, एन्टी अक्सिडेन्टल र फाइबर तत्त्व हुन्छ। यसले शरीरको प्रतिरोधात्मक शक्ति बढाउँछ। यस्तै यस फलमा हुने भिटामिन 'सी'ले अल्छीपन र सानोतिनो निराशा भगाइदिन्छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget