अब पुरुषहरुका लागि गर्भनिरोधक इन्जेक्सन बजारमा भित्रिने..

महिलाले अनावश्यक गर्भ बाट बच्नका लागि गर्भनिरोधकको औषधी लिन नपरोस् । आउने तीन वर्षमा पुरुषहरुका लागि गर्भनिरोधक इन्जेक्सन बजारमा भित्रिने छ ।


बाँदर ‘बैबुन’ मा यो इन्जेक्सनको सफल प्रयोग भएको छ । यसको क्लिनिकल ट्राइल अर्को वर्ष सुरु हुने बताइएको छ । पुरुषका लागि पहिलो पटक गर्भनिरोधकको रुपमा यो इन्जेक्सन उपलब्ध हुनेछ । नाफारहित संस्था ‘पेरसीम्स फाउन्डेसन’ पछिल्ला केहि वर्ष देखि पुरुषको गर्भनिरोधक इजेक्सन माथि अनुसन्धान गरिरहेको छ ।
उक्त संस्थाले लामो समयपछि इजेक्सन ‘वसालजेल’ विकसित गरेको छ । यो वर्षको अन्त्य सम्म उक्त इन्जेक्सनको बारेमा अझ धेरै जानकारी प्राप्त गर्न सकिने बताइएको छ ।
संस्था पेरसिम्स फाउन्डेसनका प्रवक्ताका अनुसार सन् २०१५ देखि २०१६ सम्म उक्त इन्जेक्सनको क्लिनिकल टेस्ट मानिसमा हुनेछ । संस्थाले चाँडो भन्दा चाँडो उक्त इन्जेक्सनलाई बजारमा भित्र्याउन चाहने बताइएको छ । सन् २०१६– २०१७ सम्ममा यो इन्जेक्सन बजारमा आउने अनुमान गरिएको छ ।source taja kahabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget