गुण्डा नाइके मिलन चक्रेको सुरक्षामा एमाले नेता

शिवप्रसाद उप्रेती |
२०७१ माघ १५ बिहीवार




फोटो :शिवप्रसाद उप्रेती (फुटबल प्रतियोगितालार्इ सहयोग गर्दै मिलन चक्रे)
पैसा बाँड्दै मिलन चक्रेले भने-समाजसेवा गर्न पाउँदा खुसी छु
गोरखा : विभिन्न अपराध गरेर लामो जेल सजाय भुक्तान गरी तीन महिनाअघि केन्द्रीय कारागारबाट छुटेका गुण्डा नाइके मिलन चक्रे (मिलन गुरुङ) छवि सुधार अभियानमा लागेका छन् ।

उनी बिहीबार फुटबल प्रतियोगितामा आर्थिक सहयोग गोरखा आएका छन् । उनी हरमटारी खेलकुद मैदानमा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी भए । उनले गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको आयोजक हरमटारी यवा क्लवलाई दुई लाख एक हजार रुपैयाँ सहयोग पनि प्रदान गरे ।


गोरखाको छोप्राक गाविस–१ घर भई हाल काठमाडौंको चक्रपथ क्षेत्रमा गुण्डागर्दी गर्दै आएका मिलन चक्रे बा६च ४५१५ नम्बरको गाडी चढेर गोरखा आएका थिए । उनलाई काठमाडौंदेखि आएका २० वटा मोटरसाइकलमा सवार युवा र आयोजक टिमका ५० वटा मोटरसाइकलमा सवार युवाहरुले स्कर्टिङ गरेका थिए । स्कर्टिङमा एमाले जिल्ला सदस्य बसन्त गुरुङ र नेविसंघका जिल्ला सचिव शरण श्रेष्ठ थिए ।

बिहान ११ बजे कार्यक्रम उद्घाटन गर्ने भनिएको खेल आयोजक नै मिलन चक्रेलाई सुरक्षा दिन गएपछि तीनघण्टा १५ मिनेट ढिलो सवा दुईबजे मात्र उद्घाटन कार्यक्रम थालिएको थियो ।

हतियार हुन सक्ने आशंकामा उनलाई गाडीबाट ओह्रालेर प्रहरीले चेकिङ गरेको थियो । ‘हतियार हुनसक्ने भएकाले हामीले लक्ष्मीबजारमा सवारी चेकजाँच गरेका थियौं’ गोरखाका प्रहरी प्रमुख प्रनाउ रमेश थापाले भने ‘तर त्यस्तो केही नभेटिएपछि छाड्यौं ।’

कार्यक्रममा बोल्दै उनले आफ्नै नाममा स्थापित ‘मिलन फाउण्डेसन’ का तर्फबाट आर्थिक सहयोग गरेको बताए । स्थानीय विकास अधिकारी प्रेमराज गिरी प्रमुख अतिथि रहेको फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा आयोजकले उनलाई विशेष अतिथि बनाएको थियो ।

तर उनी मञ्चको अग्रभागमा नबसी युवाहरुसँगै पछाडिको लहरमा बसेका थिए । ‘सहयोग गर्न पाउँदा खुसी भएको छु’ १० जनाको संख्यामा रहेका युवाकासाथ मञ्चमा पुगेका गुरुङ्गले छोटो मन्तब्यको क्रममा भने, ‘खेल खेलाउन फाउण्डेसनबाट दुई लाख एक हजार सहयोग गरेको छु ।’

उनले आर्थिक सहयोगको चेक चेक क्लबका अध्यक्ष मनबहादुर तामाङ्ग (मनु) लाई हस्तान्तरण गरे ।  क्लबका अध्यक्ष तामाङ्गले गुण्डा नाइके मिलन चक्रेलाई अतिथि बनाउन पाउँदा गौरव महसुस गरेको बताए । ‘गरिब, दिनदुखीको सहयोगी आदरणीय मिलन दाइलाई अतिथि पाउँदा हामी गैरवान्वित भएका छौ ।’ तीन मिनेटको धन्यवाद मन्तब्यको क्रममा तामाङले तीन पटक उनीप्रति खुसी ब्यक्त गरेका थिए ।

गुण्डानाइके चक्रेमिलन बिशिष्ट अतिथि बन्ने थाहापाएपछि सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु उद्घाटन कार्यक्रममा गएका थिएनन् ।

आमन्त्रित भैरवी दल गणका गणपति प्रेम थापा, सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेल, प्रनाउ रमेश थापा, सशस्त्रका प्रनाउ कुमार श्रेष्ठ, प्रमुख अनुसन्धान अधिकृत डीएसपी नवीन भट्टराई र गोरखा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रा थापा मगर उपस्थित भएनन् । स्थानीय विकास अधिकारी गिरीलाई भने प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएकाले उपस्थित थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget