भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान

१६ माघ, श्रीनगर (अधिनस्थ काश्मीर)

भारत र पाकिस्तानको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिहीबार साँझ झडप भएको छ । सो क्षेत्रमा दोहोरो गोली हानाहान भएको समाचारमा जनाइएको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार सो झडपमा परी कम्तीमा पनि तीन व्यक्ति घाइते भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



विवादास्पद काश्मीर सीमाक्षेत्र पाकिस्तान र भारतको सुरक्षा गार्डबीच भएको दोहोरो गोलीहानाहानमा एक महिलासहित तीन व्यक्ति घाइते भएका अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

भारतीय अधिकारीकाअनुसार भारत अधिनस्थ श्रीनगरदेखि ३२२ किलोमिटर दक्षिणमा पर्ने जम्मु जिल्लाको आर्नीया क्षेत्रलाई लक्ष्यगरी गोली प्रहार गरिएको जनाइएको छ ।

गोली कुन देशको सैनिकले चलायो भन्ने बारेमा दुवैले आ आफ्नो पक्षले नगरेको भनी दाबी गरिरहेका छन् ।

आर्नीया क्षेत्रमा भारत र पाकिस्तानी सैनिकबीच भएको दोहोरो गोली हानाहानमा घाइते भएका तीन व्यक्ति उपचारार्थ अस्पतालमा ल्याइएको एक स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

ती घाइते पनि कुन देशका नागरिक हुन भन्ने बारेमा केही खुलाइएको छैन । सो क्षेत्रमा विगतदेखि नै यस्तो झडप हुदै आएको छ । रासस÷सिन्ह्वा

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget