यौनका लागि चुम्बन कि प्रेम र खुशीका लागि चुम्बन

मान्छे किन चुम्बन गर्छन ? के छ चुम्बनमा त्यस्तो जाँदु ? किन चुम्बनमै रोमान्स गर्छन प्रेमी प्रेमीका ? के चुम्ब यौनका लागि मात्र हुन्छ ? कि चुम्बन प्रेम र खुशीका लागि हुन्छ ? चुम्बन सबैले गर्छन् तर हाम्रो समाजमा चुम्बनसकेसम्म लुकाएरै वा गोप्य ठाउँमा गर्न गरिन्छ । यही चुम्बनको विषयमा चर्चा गर्दा संसारका चर्चित ६ चुम्बनको चर्चा अन्तराष्ट्रिय एजेन्सीहरुले गरेका छन् ।

विश्वको चर्चित चुम्बन नम्बर १ :
यो तस्वीर दोस्रो विश्वयुद्धको समाप्तिमा खिचिएको हो । यो तस्वीर अमेरिकी फोटोग्राफर अल्फ्रेण्ड इसेन्स्टेडेटले खिचेका हुन् । दोश्रो विश्वयुद्धमा जापानमाथि अमेरिकाको विजय भएको दिनअमेरिकी जलसैनिकले युवती नर्सलाई चुम्बन गरेको यो दृश्य संसारकै चर्चित चुम्बन दृश्यमध्येको एक हो । ति सैनिक अमेरिकाको विजयमा यत्ति खुशी थिए कि उनले बाटामा भेटेका सबै युवतीलाई चुम्बन गरिरहेका थिए ।
विश्वकै चर्चित चुम्बन नम्बर २ :
यो पनि दोश्रो विश्वयुद्धसँगै सम्बन्धित छ ।यसलाई फोटोग्राफर इरविङ्ग हेबरम्यानले खिचेका हुन । दोश्रो विश्वयुद्धमा विजयी भएर स्वदेश फर्किएका अमेरिकी सैनिकलाई हलिउड नायिका मार्लिन डिट्रिचले चुम्बन गरेकी छन् । यो चुम्बन विश्वकै चर्चित चुम्बनको दोस्रो नम्बरमा पर्छ ।
विश्वकै चर्चित चुम्बन नम्बर ३ :
यो तस्वीर थोमस एडिसनले सन् १८९६ मा खिचेका हुन् । यो तस्वीरलाई क्यामेरामा विश्वमै पहिलो पटक कैद भएको चुम्बनको तस्वीर समेत भनिन्छ । यो चुम्बनको दृश्य चुम्बनको एक चलचित्रका लागि थोमस एडिसनले खिचेको मानिन्छ ।
विश्वको उत्कृष्ट चुम्बन नम्बर ४ :
बेलायती राजकुमार चाल्र्स र युवराज्ञी डायनाबीच सन् १९८१ मा बिहे हुँदाको चुम्बनको दृश्यलाई समेत विश्वकै एक चिर्चित चुम्बन दृश्यका रुपमा हेरिन्छ ।
विवाहकै दिन यो जोडीले सबैलाई देखाउनेगरि दरबारको बार्दलीमा उभिएर चुम्बन गरेका थिए ।
विश्वकै चर्चित चुम्बन नम्बर ५ :

क्यानडाको भ्यानकुभरमा हकी खेलपछि फैलिएको दंगाका क्रममा सडकमा सुतेर मस्तसँग चुम्बन गरिरहेको यो जोडीको तस्वीर समेत इन्टरनेटमा फैलिएपछि यसको चर्चा समेत कम भएन । यो तस्वीर रिच लामले खिचेका हुन् । सन् २०११ मा खिचिएको तस्वीर इन्टरनेटमा सबैभन्दा धेरै भाइरल बनेको थियो भने कतिपयले यसको चर्को आलोचना समेत गरेका छन् ।
विश्वकै चर्चित चुम्बन नम्बर ६ :

अन्य चुम्बन दृश्य भन्दा फरक सर्वसाधारणको चुम्बन दृश्य समेत संसारधै चर्चित चुम्बन नम्बर ६ मा पर्न सफल भएको छ । एक फ्रेन्च दम्पतिले व्यस्त सडकमा एक अर्कालाई चुम्बन गरेको दृश्य विश्वकै चर्चित चुम्बन दृश्य मध्येको एक हो । यो दृश्य सन् १९५०मा खिचिएको हो ।
यो तस्वीरको चर्चा प्रेमीप्रेमिकाहरुबीच यही तस्वीर अंकित पोष्टर र पोष्टकार्ड लेनदेन गर्ने प्रक्रिया सुरु भएपछि भयो ।
(विभिन्न एजेन्सीको सहयोगमा)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget